लगानिको डबल फाइदा हुने बिजनेस, मोबाइल कभर प्रीन्ट गर्ने बिजनेस कसरी शुरु गर्न सकिन्छ ??

|

mobile cover 3D printing बिजनेस

मोबाइलको कभर प्रीन्ट गर्ने बिजनेस अहिले धेरैको चासो रहेको बिजनेस बनेको छ। यदि तपाईं पनि
mobile cover 3D printing बिजनेस सम्बन्धी बुझ्न चाहानुहुन्छ भने यो सामाग्री तपाइकै लागि हो।
बास्तबमा मोबाइल को कभर प्रीन्टिङ गर्ने बिजनेस निकै नाफामुलक हुनुका सथै सानो ठाउँ बाट पनि
शुरु गर्न सकिने प्रकारको बिजनेस हो।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस👇️

🔷यो बिजनेसमा फाइदा कत्तिको हुन्छ त ?

नेपाली बजारमा हेर्ने हो भने यस्तो 3D प्रीन्ट भएका मोबाइल कभरको मूल्य लगभग 300 देखि 500 रुपैया
सम्म पर्न जान्छ। तर एउटा मोबाइल कभर प्रीन्ट गरेर बेच्दा आजको समयमा पाउने कच्चापदार्थको मुल्य
अनुसार लगभग 120 सम्म लगानी पर्न जान्छ।

यति मात्रै नभएर कुनै ब्यक्तिले आफ्नो मन लागेको फोटो आफ्नो मोबाइलको कभरमा प्रीन्ट गराउदा 500
रुपैया भन्दा बढी पनि लिने गरेको पाइन्छ। यो हिसाबले हेर्दा, यदि मोबाइल कभर प्रीन्ट गरेर अफलाइन र
अनलाइन दुबै तरिकाले राम्रोसङ्ग बेच्न सक्ने हो भने मनग्य आम्दानी गर्न सकिने देखिन्छ।

🔷आवस्यक मेसिन र मोटामोटी मुल्य

1. सब्लिमेसन 3D प्रीन्टर मेसिन = 75-80,000/-
2. सब्लिमेसन प्रीन्टर = 35-40/-
3. ल्यापटप/कम्प्युटर = 50,000/-

मोबाइलको कभरमा 3D प्रीन्ट गर्ने मेसिनलाइ 3D sublimation machine भन्ने गरिन्छ। यो मेसिन
तपाइले नेपाली बजारमा लगभग 75 – 80 हजारमा सजिलै पाउन सक्नुहुनेछ। यसाको अलावा यो भन्दा
ठूलो क्षमताका मेसिनहरु पनि पाउन सकिन्छ तर प्राय धेरैले प्रयोग गर्ने मेसिन यहि हो। यहि एउटै
मेसिनको माध्यमले तपाइले टायल, मोबाइल कभर, पानी पिउने बोतल प्लेट जस्ता सबै कुराहरु प्रीन्ट
गर्न पनि सक्नुहुनेछ। यो मेसिनको साथमा तपाइलाइ एउटा कम्प्युटर अनि एउटा सब्लिमेसन प्रीन्टरको
पनि जरुरी हुनेछ।

🔷कच्चापदार्थ र मोटामोटी मुल्य

चाइनिज डाइ 1800/-
इन्डियन 850/-
लोकल काठको 250/-
प्लेन कभर 100/-
सब्लिमेन्सन पेपर 800/- (राम्रो)
सब्लिमेसन पेपर 600/- (नर्मल)

कच्चापदार्थको लागि तपाइलाइ 1 नम्बरमा प्लेन मोबाइल कभर चाइन्छ। जसको मूल्य नेपाली बजरमा लगभग
100 रुपैयाको आसपास पर्न जान्छ। हरेक कम्पनिका हरेक मोडलका मोबाइलमा लाग्ने कभर फरक फरक
हुने गर्छन त्यसैले तपाइले प्लेन कभर किन्नुभन्दा पहिली कुन मोबाइल बढी चलेका छन त्यही अनुसार किन्नुपर्ने
हुन्छ। यस्ता कभरमा डाइ राखेर मसि ट्रान्सफर गरिने भएकोले अर्को कच्चापदार्थ भनेको डाइ हो।

यसरी मोबाइल कभर 3D प्रीन्ट गर्ने डाइ मोबाइलको मोडल अनुसार फरक फरक नै हुन्छन। तर साइज मिल्ने
मोबाइलको एउटै डाइले पनि धेरै मोडलका कभरमा पर्योग गर्न सकिन्छ। यस्ता डाइको मूल्य 250- 1800 रुपैया सम्म पर्न जान्छ।

अब कुरा गरौ मोबाइलको 3D प्रीन्ट कसरी गरिन्छ भन्ने बारे।
सबैभन्दा पहिला मोबाइलको कभरमा प्रीन्ट गर्ने मेटर डिज्जाइन गर्नुपर्ने हुन्छ।

त्यसपछी त्यो डिजाइन गरेको मेटरलाइ सब्लिमेसन प्रीन्टरले सब्लिमेसन मसिको साथमा प्रीन्ट गर्नुपर्ने हुन्छ।

अब तपाइको मोबाइलको मोडलसङ्ग मिल्ने डाइलाइ कभर भित्र राखिन्छ र बाहिरबाट त्यो प्रीएन्ट भएको
पेपरलाइ मिलाएर राखेर त्यसलाइ 3D प्रीन्टर मेसिनभित्र राखिन्छ।
अब केही समयपछी मेसिनबाट निकाल्दा तपाइको मोबाइल कभरमा तपाइले चाहेको फोटो प्रीन्ट भएर निस्किन्छ।

श्रोत; smart tarika

२०७८ पुष १, बिहीबार प्रकाशित
error: Content is protected !!