नवौँ दमक फुड फेस्टिवलमा १८ गते बिहीबार गायिका मेलिना राईको प्रस्तुति रहने

|

दमक, १८ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को आठौं दिन अर्थात फागुन १८ गते बुधबार चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने भएको छ ।

बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका मेलिना राईले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छिन् । गायिका मेलिना राईसँगै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने फुड फेस्टिवलका सदस्य काजी राउतले जानकारी दिए ।

होटल व्यवसायी संघको आयोजनमा फागुन ११ बाट दमकको पशुहाटमा सुरु भएको फुड फेस्टिवल फागुन १९ गतेसम्म जारी रहनेछ ।

२०७९ फाल्गुन १८, बिहीबार प्रकाशित
error: Content is protected !!