दमकमा नवौं फूड फेस्टिवल –२०७९ को भव्य उद्घाटन फोटो फिचर

|

दमक,११ फागुन । दमकमा आजदेखि नवौं फूड फेस्टिवल–२०७९ शुरु भएको छ । होटल व्यवसायी संघले बर्सेनी सञ्चालन गदैं आएको फूडफेस्टिवल आजदेखि सञ्चालनमा आएको अध्यक्ष योगराज दाहालले बताए ।


दमक ७ स्थित पशुहाटको मैदानमा आयोजना गरिएको फूडफेस्टिवलको दमक नगर प्रमुख रामकुमार थापाले उद्घाटन गरे । स्थानीय खाद्यपरिकार तथा यहाँको पर्यटन,प्रवद्र्धनमा टेवा पुरयाउँने उद्देश्यले संघले बिस. २०७१ देखिे फूडफेस्टिबलको आयोजना गरिदैआएको छ ।

फूडफेस्टिवलका संयोजक भुपेन्द्र न्यौपानेका अनुसार फागुन १९ गतेसम्म चल्ने फूडफेस्टिबलमा विभिन्न जाति,जनजातिका तीन दर्जन बढी सांस्कृतिक खाद्यपद्धार्थहरु,कृषि उत्पादन लगायतका व्यवसायिक स्टलहरु रहेका छन् । फेस्टिवल भरि करिव ५० हजार बढी दर्शकले अवलोकन गर्नुका साथैं रु ५० लाख बराबरको कारोवार हुने फेस्टिलवका संयोजक न्यौपानेले बताए ।

फेस्टिवल उद्घाटनमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाह, होटल ब्यवसायी महासङका उपाध्यक्ष रबिन गौतम , सचिब कुमार अधिकारी, नाटाका अध्यक्ष उदय श्रेष्ठ ,होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतले पूर्वको पर्यटन,प्रवद्र्धनमा टेवा पुरयाँउन यस्ता गतिविधिले सघाउँ पुरयाउँने उल्लेख गरे । आज पहिलो दिन चर्चित गायक राम लिम्बूको प्रस्तुति रहने संघका सदस्य काजी राउतले जनाएका छन् ।


फेस्टिबल अवधिभरि दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित गायिका मेलिना राई, एलिना चौहान,अस्मिता अधिकारी,ज्योति मगर लगायतका कलाकारको समेत प्रस्तुति रहने जनाईएको छ ।
यसैगरि ,कमल गाउँपालिका ५ स्थित पाडाजुंगीमा पनि आजदेखि रमाइलो मिनी मेला शुरु भएको छ । स्थानीय सगुन युवा क्लवको सहयोगार्थ मिनी मेला सञ्चालनमा ल्याईएको अध्यक्ष देबेन्द्रराज आङदेम्बेले बताए । फोटो स्रोत : ए टु जेड , काजी राउत , ब्रदर स्टुडियो । समचार स्रोत :प्रदेशवाणी

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित
error: Content is protected !!