गोली लागि गम्भीर भएकी छात्रा एनिका लाई गोली हान्ने उनकै पूर्व शिक्षक

|

दमक: झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेर (निशा)लाई गोली हान्ने मानिस उनकै पूर्व शिक्षक रहेको खुलेको छ ।

शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।

उदयपुर घर भएकी एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन् ।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन् ।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् । यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ ।

 

एनिकाको शरीरमा लागेको गोली निकालिएको छ । उनको नाभि छेउमा गोली लागेको थियो । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

२०८१ बैशाख २१, शुक्रबार प्रकाशित
error: Content is protected !!