जेनजी आन्दोलनमा तोडफोड र आगजनी, इलामबाट १५ जना पक्राउ

|

मङ्सिर २३, इलाम / गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले इलामबाट १५ जनालाई पक्राउ गरेको छ । तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो । मङ्सिर २० र २१ मा पक्राउ पर्नेहरू इलामसहित झापा र ताप्लेजुङका बासिन्दासमेत छन् ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता टीकाराम चौहानसमेत छन् । इलाम नगरपालिका ९ का ४६ वर्षे चौहानलाई पनि पक्राउ गरिएको हो । प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार इलाम ७ का ५२ वर्षे कमलकुमार साह हलुवाई, इलाम ६ का २९ वर्षे विशाल नोभाङ, इलाम ७ का ४० वर्षे पवित्तर मल्लिक, इलाम ९ का ३९ वर्षे होमबहादुर खवास, फाकफोकथुम ३ का २३ वर्षे आदर्श राई, इलाम ४ का ३६ वर्षे यादव तिवारी, इलाम ६ का ३० वर्षे अर्जुन तित्रखी, सन्दकपुर २ की २५ वर्षीया अन्जु राई, इलाम १ का ३० वर्षे सागर सङ्ग्रौला छन् ।

यसैगरी, ताप्लेजुङ मिक्वाखोला २ का ३२ वर्षे तेजकुमार बिक, इलाम १२ का २८ वर्षे अनीश राई, इलाम ५ का २३ वर्षे मोहन भनिने मोहनकुमार लिम्बू (फत्र), झापा पृथ्वीनगर घर भई इलाम ५ बस्ने सुरज राई भनिने ४३ वर्षे सुरज गुरुङ र इलाम ९ का ३६ वर्षे सविन राई छन् । उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

२०८२ मंसिर २३, मंगलवार प्रकाशित
error: Content is protected !!