दमक ईसाई समाजबाट इलाका प्रहरी कार्यालय भवन पुनर्निर्माणका लागि सहयोग

|

दमक ईसाई समाजबाट इलाका प्रहरी कार्यालय भवन पुनर्निर्माणका लागि सहयो

असाेज १०, दमक / “दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ” भन्ने मूल नारासहित दमक ईसाई समाजले इलाका प्रहरी कार्यालय दमकको भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

गएको जेन्जी आन्दोलनमा क्षति पुगेको भवन पुनःनिर्माण कार्यका लागि दमक नगर ईसाई समाजले कुल रु. २,१६,६५५/- (दुई लाख सोहजार छसय पचपन्न रुपैया) सहयोग हस्तान्तरण गरेको हो।
सो रकम भवन निर्माण संयोजक तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुराँगाईलाई, पूर्व दमक ईसाई समाज अध्यक्ष आकाश थुलुङ धनकुमार राईको हातबाट औपचारिक रूपमा प्रदान गरिएको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डी.एस.पी. राम प्रसाद तिमिल्सिना, दमक नगर ईसाई समाजका अध्यक्ष तथा विभिन्न चर्चका धर्मगुरुहरूको उपस्थिति रहेको थियो।

दमक ईसाई समाजसँग आबद्ध विभिन्न मण्डलीहरूले स्वेच्छिक रूपमा उठाएको सो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको समाजले जनाएको छ।

सामाजिक उपसमितिले भवन पुनर्निर्माणमा सहयोग गर्ने सबै मण्डली र परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

२०८२ आश्विन १०, शुक्रबार प्रकाशित
error: Content is protected !!