दमक उद्योग वाणिज्य संघ निर्वाचन २०८२: सदस्य पदका उम्मेदवार डुका कुमाल (अम्बिका)

|

दमक । दमक उद्योग वाणिज्य संघको आगामी निर्वाचन २०८२ का लागि स्थानीय उद्यमी डुका कुमाल (अम्बिका) ले सदस्य पद (बस्तुगत) मा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँ स्वतन्त्र उद्यमी व्यवसायी समूहबाट निर्वाचन मैदानमा उत्रिनुभएको हो।

वि.सं. २०३८ साल कार्तिक १५ गते दमक वडा नं. ३ मा जन्मनुभएकी कुमाल विगत ४४ वर्षदेखि दमकमै बसोबास गर्दै आउनुभएको छ। उहाँ व्यवसायिक क्षेत्रमा इमान्दारी, निरन्तरता र सेवाभावका कारण परिचित हुनुहुन्छ।

वि.सं. २०५४ सालदेखि व्यवसायमा सक्रिय रहनुभएकी कुमालले “अम्बिका माछा फ्राइ” नामक व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। फरक स्वाद र गुणस्तरीय सेवाका कारण उक्त व्यवसाय दमकमा लोकप्रिय बनेको छ। हाल उहाँको व्यवसाय दमक वडा नं. ६ (साविक वडा नं. ११) मा सञ्चालनमा रहेको छ।
उहाँका पिता मनोरथ दङ्गाल र माता माया देवी दङ्गाल हुनुहुन्छ।

वैवाहिक जीवनमा उहाँ नरबहादुर कुमालसँग आबद्ध हुनुहुन्छ भने सासुआमा धनमाया कुमालको प्रेरणा र सहयोगमा व्यवसायलाई उचाइमा पुर्‍याउन सफल हुनुभएको बताउनुहुन्छ।

व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा पनि उहाँ सक्रिय रहनुभएको छ। उहाँ हाल
– होटल व्यवसाय संघ, दमकको कोषाध्यक्ष
– होटल व्यवसाय संघ, झापाको सदस्य
– हिमालय टाइगर क्लब, दमकको महिला उपाध्यक्ष
– शिखा सहकारी, दमकको कोषाध्यक्ष
रूपमा जिम्मेवारी निर्वाह गरिरहनुभएको छ।

स्थानीय उद्यम र दिगो आर्थिक विकासका लागि प्रतिबद्ध रहेको बताउँदै उहाँले दमक उद्योग वाणिज्य संघलाई अझ सबल र पारदर्शी बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको जनाउनुभएको छ।

दमक उद्योग वाणिज्य संघको निर्वाचन २०८२ पौष १८ गते शुक्रबार हुने तय भएको छ। उम्मेदवार डुका कुमालले दमकका सम्पूर्ण व्यवसायी दाजुभाइ तथा दिदीबहिनीहरूलाई मतदानमा सहभागी भई आफूलाई एकपटक सेवा गर्ने अवसर दिन आग्रह गर्नुभएको छ।

२०८२ पुष ११, शुक्रबार प्रकाशित
error: Content is protected !!