दमक ट्राफिक प्रहरी कार्यालयलाई सामग्री सहयोग, पुनर्निर्माण तीव्र

|

दमक ट्राफिक प्रहरी कार्यालयलाई सामग्री सहयोग, पुनर्निर्माण तीव्

असाेज ८, झापा, दमक – भदौ २३ र २४ गते देशव्यापी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको दमक ट्राफिक प्रहरी कार्यालयलाई पुनःस्थापना गर्न स्थानीय स्तरमा सहयोग अभियान सुरु भएको छ।

सुमन फर्निचर उद्योग दमकले कार्यालयका लागि आवश्यक दराज, पलङ लगायतका सामग्रीहरू सहयोग गरेको छ। उद्योगका सञ्चालक नवीन श्रेष्ठका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय अन्तर्गतको ट्राफिक प्रहरी कार्यालयको तत्काल आवश्यकता देखेर सहयोग प्रदान गरिएको हो।

त्यस्तै ब्राइटन करियर कन्सल्टेन्सी दमक–६ ले कार्यालय सञ्चालनका लागि आवश्यक टेबल र कुर्सी सहयोग गरेको छ। कन्सल्टेन्सीका सञ्चालक युवराज निरौलाले दमकमा ट्राफिक प्रहरीको सहज परिचालन र सुरक्षा व्यवस्थापनलाई सहयोग पुर्‍याउने उद्देश्यले यो कदम चालेको बताउनुभयो।

यसअघि रोयल स्पोर्टिङ क्लब दमकले जलेको ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माणको जिम्मा लिएर निर्माण कार्यलाई तीव्र बनाएको छ। विभिन्न स्थानीय दाताको सहयोगमा कार्यालय निर्माण धमाधम भइरहेको र चाँडै नै पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ।

यस किसिमका स्थानीय सहयोग र पहलले दमकमा ट्राफिक व्यवस्थापन र सुरक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

२०८२ आश्विन ८, बुधबार प्रकाशित
error: Content is protected !!