दशैको टीका को दिन दुखद खबर झापा मा बस दुर्घटना ३ जनाको मृत्यु पुष्टि

|

बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
झापा , असोज १५ । झापाको बुट्टाबारीमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आज बिहान ९.३० बजे बिर्तामोड ६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल्तिर पल्टदा त्यसमा सवारमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य दुईजनाको अस्पताल लाँदै गर्दा मृत्यु भएको बताइएको छ । दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएकाले प्रहरी र स्थानीयले उद्धार गरि नजिकको अस्पताल लैजाने कार्य भैरहेको छ ।

२०८२ आश्विन १६, बिहीबार प्रकाशित
error: Content is protected !!