नेपाल कुरियर सेवा संघ झापा जिल्ला समितिको अध्यक्षमा अर्जुन निरौला सर्वसम्मत

|

पुष ४ , झापा / नेपाल कुरियर सेवा संघ झापा जिल्ला समितिको अध्यक्षमा अर्जुन निरौला सर्वसम्मत चयन हुनुभएको छ। शुक्रबार दमकस्थित काक्तेनी होटलको सभाहलमा सम्पन्न जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नवगठित समितिको उपाध्यक्षमा गणेश गौतम, सचिवमा वेदप्रसाद प्रसाई, कोषाध्यक्षमा अमृत साहि ठाकुरी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा रेनुका दाहाल, प्रदीप निरौला, शोमित पाण्डे, सन्दीप पाण्डे, राम दाहालसहित १० जना सर्वसम्मत चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कुरियर सेवा संघ कोशी प्रदेश अध्यक्ष कृपा नारायण चौधरी रहनुभएको थियो। उहाँले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै झापा जिल्लामा कुरियर सेवा व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउँदै लैजान आग्रह गर्नुभयो।

विश्वास दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट कुरियर सेवा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले संघलाई थप सशक्त बनाउँदै व्यवसायीहरूको हकहितका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

२०८२ पुष ४, शुक्रबार प्रकाशित
error: Content is protected !!