होटल व्यवसायी संघ दमक लाई लागेको आरोप सत्य नभएको भन्दै बिज्ञप्ती जारी

|

दमक झापा – केही व्यक्तिगत फोसबुक आइडी बाट होटल ब्यवसायी संघ दमकले आयोजना गरेको दशौं फुड फेस्टीबल कार्यंकममा आफुले प्रस्तुत गरेको पारिश्रमिक नपाइएको भनी होटल ब्यवसायी संघ दमकलाई नै बदनाम गराउने गरी पोष्ट गरेको पाइएकोमा होटल व्यवसायी दमकले गम्भिर ध्यानाकर्षण गरेको छ ।

केही घन्टा अघि मात्र सामाजिक सन्जाल मा परिवर्तन ब्यान्ड ले आफ्नो पारिश्रमिक नपाएको भन्दै पोस्ट गरेका थिए त्यस पोस्ट गरेसगै विभिन्न फेसबुक पेज हरु ले यसबारे सत्य नबुझी सामाजिक सन्जाल मार्फत पोस्ट
गरी फैलाएको पाइएको थियो ।

होटल ब्यवसायी संघ दमकले आधिकारीक संम्झौता र सहमती गरेका कुनैपनि संघ संस्था वा ब्यक्तीलाईं भुक्तानी दिन बाँकी नरहेको यसै विज्ञप्ती मार्फत जानकारी गराएका छन।

होटल ब्यबसायी संघ दमक बाहेक संघका आधिकारीक व्यक्तीको अनुपस्थितीमा कसैले कसै संग गरेका कुनै पनि संम्झौता वा सहमतीको जिम्मेबारी होटल ब्यबसायी संघ दमक नरहने समेत बताएका छन ।

यदी कोही कसै संग होटल ब्यवसायी संघ दमकका प्रतिनिधिले आधिकारीक संम्झौता वा सहमती गरेको प्रमाणहरु भएमा प्रमाण सहित संघको कार्यालयमा उपस्थित हुनको लागि होटल व्यवसायी संघ दमक का माहासचिव भुपेन्द्र प्रसाद न्यौपाने ले अनुरोध गरेकाछन।

होटल ब्यबसायी संघ दमकलाई बदनाम गराउने हेतुले यस्ता तथ्यहिन कुराहरु सामाजिक संजालमा पोष्ट नगर्नका लागि होटल व्यवसायी संघ दमक का अध्यक्ष योगराज दंगाल ले जानकारी गराएको छन ।

होटल ब्यवसायी संघ दमक द्वारा जारी बिज्ञप्ती ।

२०८१ जेष्ठ २, बुधबार प्रकाशित
error: Content is protected !!