नेपालमा अत्यधिक सम्भावना बोकेका 5 ओटा अनलाइन बिजनेसहरु। (top 5 online business ideas in nepal)

|

top 5 online business ideas in nepal

business ideas in nepal

online business in nepal

सन 2021 को डाटा अनुसार नेपालमा 1 करोड 10 लाख भन्दा बढी मानिसहरु इन्टरनेट प्रयोगकर्ता रहेका
छन। यसरी आफ्नो दैनिकिमा इन्टरनेटलाइ प्राथमिकता दिनेहरुको सङ्ख्या जङ्गलमा लागेको डढेलो जस्तै फैलिदै
गएको छ। यस प्रकारको इन्टरनेट प्रयोगको शोखबाट करोडौ मानिसहरु सन्तुष्टि प्राप्त गर्ने गरेका छन भने केही
मानिसहरु अनलाइनको अवसरलाइ सदुपयोग गरेर असिमित आम्दानी पनि गरिरहेका छन।

यदि तपाईं पनि आजको कम्प्युटरको जमानामा अनलाइको प्रयोग गरेर काम गर्ने सोच बनाउदै
गुनुहुन्छ भने आफुभित्र भएको खुबी तथा रुचिको आधारमा आफ्नो पेशा छनौट गरेर सजिलै काम गर्न सक्नुहुनेछ।
हामी यहाँ नेपालमा अब धेरै सम्भावना रहेका उत्कृष्ट 5 ओटा अनलाइन बिजनेसको बारेमा छोटकरिमा चर्चा गर्नेछौ।
आफ्नो लगानी र चासोको आधारमा यी मध्य कुनैपनि बिजनेस तपाइले राम्रोसङ्ग चलाउनुभयो भने तपाइले राम्रो आम्दानी
गर्न सक्नुहुनेछ।

💡 Online store

multi vender e-commerce business in nepal

online business ideas in nepal

अनलाइन स्टोर राखेर आजको समयमा धेरै मानिसहरुले राम्रो आम्दानिको श्रोत बनाइरहेका छन। यदि तपाईं
कुनैपनी बस्तुको बेचबिखान गर्दै हुनुहुन्छ भने आजको समयमा तपाइको लागि अनलाइन स्टोर धेरै राम्रो अवसर
बन्न सक्छ। यदि तपाइसङ्ग आफ्नै कुनै बस्तु छैन तर तपाइको सम्पर्कमा reasonable price मा सामान बेच्ने
पसल वा ब्यावसायी छन भने तपाइले आफ्नो एउटा वेबसाइट बनाएर त्यहाबाट सामान बेचेर राम्रो आम्दानी गर्न
सक्नुहुनेछ।

तपाइले अनलाइन स्टोर खोलेर काम गर्नको लागि जरुरी हुने कुराहरु👇️
1. बिक्रीवितरण गर्ने बस्तु
2. मोबाइल / कम्प्युटर
3. वेबसाइट
4. इन्टरनेट
5. ढुवानिको ब्यवस्था
6. पेमेन्ट गेटवे

यी सबै कुरा उपलब्ध हुन सक्छन भने तपाइले सजिलै आफ्नो एउटा अनलाइन स्टोर राखेर आफ्नो बिजनेस
शुरु गर्न सक्नुहुनेछ। अनलाइन स्टोरको लागि चाहिने यी कुराहरुमध्य वेबसाइट सबैभन्दा महत्वपुर्ण कुरा हो।
वेबसाइट बनाउनको लागि तपाइले कुनै ब्यक्ती वा कम्पनिलाइ अर्डर दिएर सजिलै बनाउन सक्नुहुन्छ। वेबसाइटको
प्रकार र क्षमता अनुसार त्यस्को शुल्क लाग्ने लाग्ने गर्छ। साधारण वेबसाइट बनाउन लगभग 15 हजार जस्तो पर्न जान्छ।

यसरी वेबसाइट बनाइसकेपछी तपाइले बेच्ने सामानहरु त्यसमा अपलोड गरेर सजिलै बेच्न सक्नुहुनेछ। सामान
बिकिसकेपछी ग्राहक भएको ठाउसम्म पुर्याउनको लागि तपाइले कुरियर वा ट्रान्सपोर्ट कम्पनिको प्रयोग गरेर
पुर्याउन सक्नुहुनेछ। यसरी काम शुरु गर्न तपाइलाइ साधारण वेबसाइटको ज्ञान भए पर्याप्त हुनेछ। पैसा भुक्तानी
गर्नको लागि तपाइले कुनै बैंक सङ्ग समन्वय गरेर वेबसाइटमा अनलाइन पेमेन्ट मेथड राख्न सक्नुहुन्छ। अन्यथा
इसेवा, खल्ती लगायतको प्रयोगबाट पनि पैसा लिन सक्नुहुनेछ।

💡Online rider

आजको समयमा अनलाइन ट्याक्सी र बाइकहरुले यात्रुको मन जित्न सफल भएका छन। यो सेवा सजिलो र
भरपर्दो भएकोले चालक र यात्रु दुबैको लागि अति नै प्रभावकारी भएको छ। नेपालमा पनि यस्ता अनलाइन
राइडर कम्पनी निकै राम्रो सङ्ग चलिरहेका छन। तर अहिलेको समयमा काठमाडौमा मात्रै यो सुबिधा उपलब्ध
भएको देखिन्छ।

काठमाडौंमा रहेका पठाओ र फुटल जस्ता कम्पनिमा आजको दिनमा पनि दैनिक 25000 भन्दा बढी मानिसले
रोजगार पाएका छन र लाखौ यात्रुले सुबिधा पाइरहेका छन। यहि तथ्याङ्कको आधारमा नेपालका अत्यधिक जनघनत्व
भएका ठाउमा मुल्यांकन गर्ने हो भने यस्ता यस्ता अनलाइन सवारी चलाउने कम्पनिको राम्रो अवसर देख्न सकिन्छ।

यस्तो कम्पनी शुरु गर्नको लागि अलि ठुलै लगानिको जरुरि हुन्छ तर यस्ता कम्पनिको कुनै आफ्नो साधन नहुने
भएकोले कम्पनिको भरपर्दो सिस्टम र राम्रो मेनेजमेन्ट भए कम्पनी आफै चल्नेछ। यस प्रकारको कम्पनी शुरु
गर्नको लागि निम्न कुराहरुको जरुरी हुनेछ।

1. कम्पनी
2. कम्पनिको एप्लिकेसन
3. अफिस
4. वेबसाइट

🔘अनलाइन राइडर कम्पनिले कसरी काम गर्छन ?

अनलाइन राइडर कम्पनिले दुई ओटा कुराको मेनेजमेन्ट मिलाउन जरुरी हुन्छ। ती दुई कुरा हुन यात्रु र चालक।
एकातिर हरेक यात्रुलाइ कसरी सजिलै र सस्तोमा यात्रा गर्न पाइन्छ भन्ने सोचाइ हुन्छ हुन्छ भने अर्कोतिर हरेक
सवारि चलकलाइ सकेसम्म कसरी धेरै पैसा कमाउने भन्ने सोचाइ हुन्छ। यदि तपाइको कम्पनिले यी दुबैलाइ मेनेजमेन्ट
गरेर आफुले फाइदा निकाल्न सक्नुहुन्छ भने तपाइको कम्पनी अवस्यपनी सफल हुनेछ।

यदि तपाइले चालक र यात्रुको बिचमा एउटा सम्बन्ध बनाउने काम गर्नुभयो भने सवारी चालकहरु आफै तपाइको
कम्पनी सङ्ग जोडिनेछन र चालक चालक तपाईं सङ्ग जोडिएपछी यात्रुहरु आफै आउने छन।

💡news portal

एउटा समय थियो जतिबेला रेडियोबाट समाचारहरु सुन्ने गरिन्थ्यो। त्यसपछी पत्रपत्रिका हुँदै टेलिभिजनको प्रयोग
हुन थाल्यो। तर आजको समयमा एउटा मोबाइलभित्र हरेक कुरा सम्भव भएको छ। अहिलेको समयमा प्राय सबैको
हातमा मोबाइल र इन्टरनेट भएको कारण रेडियो, टिभि र पत्रपत्रिका जस्ता कुराको प्रभाव घट्दै गएको छ।

लगानी र खर्चको हिसाबले कुरा गर्ने हो भने टेलिभिजन र पत्रपत्रिका सम्बन्धी बिजनेसमा करोडौको लागानिका साथै
सयौको सङ्ख्यामा कर्मचारी जरुरी हुन्छ। यदि यहि कुराको तुलना अनलाइन news portal सङ्ग गर्ने हो भने एकदमै
थोरै लगानिमा र केही कर्मचारिको साथमा सजिलै चलाउन सकिन्छ।

नेपालमा यस्ता धेरै news portal कम्पनिहरु सन्चालित छन जसले अन्य पत्रपत्रिका र टेलिभजनमा आएका
समाचारलाइ तोडमोड गरेर आफ्नै मौलिकतामा सम्प्रेषण गर्ने काम गर्छन। र पनि उनिहरुको आम्दानी धेरै राम्रो देखिन्छ।

🔘 News portal को सम्भावना कस्तो छ ?

तपाईं हरुलाइ थाहा नै छ हामी आजको दिनमा कुनै मुख्री घटना घटेको कसैले सुनायो भने हामी कान ठाडा
पारेर रेडियो टिभी पनि खोल्दैनौ र दौडिदै गएर पत्रीका पनि किन्दैनौ, बरु हामी गुगल, youtube र फेसबुकमा
सर्च गरेर त्यही समाचार नै हेर्ने गर्छौ जुन समाचार हामिलाइ जरुरी छ। त्यो पनि अहिले भर्खरै घटेको घट्नाको
बारेमा तत्कालै समाचार दिनको लागि Online news नै सबैभन्दा उत्कृष्ट मानिन्छ।

तपाइले एउटा News portal बनाएर त्यहा समाचारहरु सम्प्रेषण गर्नुभयो र फेसबुक, youtube, tiktok जस्ता
अत्यधिक प्रयोगकर्ता भएका ठाउलाइ सदुपयोग गर्नुभयो भने छिटै एउटा राम्रो आम्दानिको श्रोत बनाउन सक्नुहुनेछ।
यसरी काम गर्नको लागि तपाईं आफै पत्रकार हुनुहुन्न भने तपाइले कुनै सर्टिफिकेट भएको पत्रकारसङ्ग मिलेर काम
गर्न सक्नुहुनेछ।

💡multi vendor site

हरेक ब्यापारिलाइ धेरै ग्राहक चाहिएको हुन्छ अनि हरेक ग्राहकलाइ सजिलै र सुपथ मुल्यमा भनेजस्तै सामान
चाइएको हुन्छ। त्यसैले अहिले B2C र B2B दुबै प्रकारका मल्टिभेन्डर साइटहरु मज्जले चलिरहेका छन। यति मात्रै
हैन, यस्ता कम्पनिहरुले सामानमा लगानी नगर्ने र कमिसन बेसमा काम गर्ने भएकाले यस्ता कम्पनिको घाटा हुने
भन्दा नाफा हुने धेरै सम्भावना हुन्छ।

🔘के हो मल्टिभेन्डर साइट

मानौ तपाइ कुनै सामान बेच्ने बिक्रेता हैन तर तपाइले एउटा वेबसाइट बनाउनुभयो अनि सबै ब्यापारिको सामान
बेच्नको लागि उनिहरुलाइ वेबसाइटमा ठाउँ दिनुहुन्छ भने तपाईं एउटा मल्टिभेन्डर वेबसाइट सन्चालक हुनुभयो। र
तपाइको साइट मल्टिभेन्डर साइट भयो। यसमा तपाइले वेबसाइट बनाउन, कम्पनी दर्ता र अफिस खोल्न जस्ता
कुराहरुमा लगानी गर्नुपर्ने हुन्छ।

त्यसपछी ब्यापारिहरुले तपाइको साइटमा आफ्नो समानको फोटो तथा भिडियो अपलोड गरेर आफ्नो ब्यावसायको
बिज्ञापन गर्नेछन। यसरी तपाइको साइटमा आएका ग्राहकले कुनैपनी सामान किन्छ भने तपाइले त्यो बिक्री भएको
सामानबाट केही प्रतिशत कमिसन स्वरुप आफ्नो मुनाफा लिनुपर्ने हुन्छ।

🔘मल्टिभेन्डर साइटको सम्भावना कस्तो छ ?

आजको समयमा फिजिकल सपिङ भन्दा डिजिटल सपिङ को क्रेज धेरै बढेको छ। कुनै निस्चित ठाउमा भएको
पसलमा ग्राहक पनि निस्चित नै हुने गर्छन र व्यापार पनि निस्चित नै हुने गर्छ। तर अनलाइन मार्केटिङ मा आफ्नो
सामानको फोटो तथा भिडियो पोस्ट गरेकै भरमा जुनसुकै ठाउबाट जति पनि ग्राहक आउन सक्छन त्यसैले हरेक
ब्यापारिको लागि आजको समयमा डिजिटल मार्केटिङ अति आवस्यक बनेको छ।

तपाइको मल्टिभेन्डर साइटमा कत्तिको व्यापारी र ग्राहक जोडिन्छन भन्ने कुरा त तपाइको कम्पनिको सिस्टम र
मेनेजमेन्टमा भर पर्ने कुरा हो। तर एउटा क्लियर भिजनका साथ तपाइले मल्टिभेन्डर साइट बनाउनुभयो भने अवस्यपनी
तपाइको सपना साकार हुनेछ।

💡Online Teaching

समयको बद्लाब सङ्गै मानिसको दैनिकी, ब्यावहार र इक्षा जस्ता हरेक कुरा बद्लिदै छन। जब सबै कुरा
बदलिदै छन भने शिक्षण क्षेत्र नबद्लिने कुरै भएन। झोलाभरी किताब बोकेर ट्युसन धाउनु र सडकको धुलो
खादै पुस्तकालय धाउनु भन्दा मोबाइल बाटै आफ्नो चासोको बिसयमा रोजेको शिक्षकसङ्ग पढ्न कस्लाइ रहर
नहोला र ?

एक जना शिक्षकले एउटा कक्षामा कम्तिमा 25/30 जानालाइ मात्रै राम्रोसङ्ग पठाउन सम्भव हुन्छ तर ती बिद्यार्थीहरु
सबै स्थानिय मात्रै हुनेछन। काठमान्डौको स्कुलमा पढ्ने विद्यार्थी काठ्मान्डौकै कुनै ठाउमा बसोबास गरेको हुन्छ। तर
अनलाइनबाट पढाउने हो भने पुर्बको मेचिमा भएको शिक्षकले पस्चिमको माहाकालिमा भएको विद्यार्थीलाई सजिलै
पडाउन सक्नेछन।

🔘अनलाइन टिचिङ प्रभावकारी हुनुका 5 कारण👇️

1. आफुलाइ कुन बिषय सम्बन्धी अध्ययन गर्न मन लागेको छ त्यही बिषय पढाउने शिक्षक छानी छानी
आफुलाइ बेस्ट लाग्ने शिक्षकसङ्ग पढ्न सकिन्छ।
2. कुनै एउटा शिक्षकले आफ्नो राम्रो अब्बल भएको बिषयमा राम्रोसङ्ग पढाउछ भने, हजारौ बिद्यार्थीलाई
एकैचोटी पढाउन सम्भव हुन्छ।
3. एउटा शिक्षकले एउटा विद्यार्थीलाई ट्युसन पढाएर महिनामा रु 5000 कमाउनुभन्दा 100 जनालाइ मासिक
रु 200 मा पढाउने हो भने शिक्षकले पनि धेरै कमाउने सम्भावना हुन्छ र विद्यार्थीलाई पनि धेरै सस्तोमा गुणस्तरीय
शिक्षा पाउन सम्भव हुन्छ।
4. शिक्षक र विद्यार्थी दुबैले कुनै ठाउमा पुगेर ट्युसन पढ्दा वा पढाउदा पढाउने समय भन्दा धेरै समय
बाटोमा खर्च हुन जान्छ त्यसैले यदि एकै ठाउमा बसेर मोबाइल वा कम्प्युटरको माध्यमले पढ्दा वा पढाउदा त्यो
समय बाकी कुरा सिक्नको लागि उपयोग गर्न सकिन्छ।

🔘अनलाइन टिचिङ प्रोग्राम कसरी शुरु गर्ने ?

सबैभन्दा पहिला एउटा वेबसाइटको जरुरी हुनेछ। जुन वेबसाइटमा शिक्षक र विद्यार्थीले आ-आफ्नो प्रोफाइलको साथमा
अकाउन्ट खोल्न मिलोस। त्यसपछी त्यो वेबसाइटमा विद्यार्थीले पनि आफुलाइ पढाउने शिक्षक खोज्न मिल्ने र शिक्षकले
पनि आफुले पढाउने बिषयमा चासो राख्ने विद्यार्थी खोज्न मोलोस।

त्यसपछी विद्यार्थीले पैसा तिर्ने र विद्यार्थीबाट आएको पैसा उनिहरुलाइ पढाउने शिक्षकले डाइरेक्ट प्राप्त गर्ने सिस्टम जडान
गर्न आवस्यक हुनेछ। यसमा तपाइले वेबसाइट बनाएर सुबिधा दिएबापत केही प्रतिशत मुनाफा राखेर शिक्षकलाइ दिनुपर्ने
हुन्छ। त्यसैले आफ्नो वेबसाइटको नीति तथा कार्यबिधी मा स्पस्ट खुलाउनुपर्ने हुन्छ कि तपाइले कति कमिसन लिने भनेर।

श्रोत:- smart tarika
यस्तै बिजनेस, आम्दानी र मोटिभेसनल सामाग्रीहरु हेर्नको लागि हाम्रो अफिसियल युट्युब च्यानल स्मार्ट तरिकामा जोडिन
सक्नुहुनेछ।

२०७८ मंसिर २९, बुधबार प्रकाशित
error: Content is protected !!