चप्पल उद्योग कसरी खोल्ने र कति लगानी चाहिन्छ ?

|

चप्पल उद्योग

सानो लगानिमा कुनै घरेलु उद्योग खोल्न चाहान्थे भन्नेहरुको लागि चप्पल उद्योग पनि एउटा राम्रो बिकल्प
बन्न सक्छ। चप्पल उद्योग कसरी खोल्न सकिन्छ, यसको लागि केकस्ता मेसिन र कच्चापदार्थ प्रयोग हुन्छ,
लगानी कति लाग्छ आदिजस्ता सबै कुराको बारेमा यहाँ चर्चा गरिनेछ।

💡चप्पल उद्योगको सम्भावना

चप्पल उद्योग यस्तो एउटा बिजनेस हो, जो सदाबहार चलिरहन्छ। बच्चा देखि वृद्ध सम्म हरेक जाती, हरेक
धर्मका मानिसहरु चप्पल प्रयोग गर्ने गर्छन। नेपालमा अझैपनी धेरैजसो भारतिय कम्पनिहरुले चप्पलको
परिपुर्ती गर्ने गरेको पाइन्छ।

ठुला ठुला शहरदेखी साना बजारसम्म आफ्नो बजारको आवस्यकता र आफ्नो लगानिको क्षमताको हिसाबले
यो बिजनेस आफ्नै घरबाट पनि शुरु गर्न सकिन्छ। समग्रमा भन्नुपर्दा नेपालमा यो बिजनेसको निकै राम्रो
सम्भावना देखिन्छ।

💡लगानी कति लाग्ला ?

चप्पल बनाउने उद्योग शुरु गर्नकओ लागि कति लगानी लाग्छ भन्ने कुरा तपाइले प्रयोग गर्ने मेसिन र तपाइको
उद्योगको लक्ष्यमा भर पर्न जान्छ। जस्तो कि यदी तपाईं साधारण मेसिन खरिद गरेर थोरै लगानिमै आफ्नै घर
बाट शुरु गर्न चाहानुहुन्छ भने 1.5 लाख सम्म लाख सम्म लगानिमा सम्पुर्ण खर्च मेन्टेन गरेर उद्योग संचालन
गर्न सक्नुहुनेछ।

यदि तपाईं छुट्टै फ्याक्ट्री बनाएर स्टेन्डर ब्रान्डिङको साथमा काम गर्न चाहानुहुन्छ भने 15 लाख सम्म पनि लाग्न
सक्छ। तर तपाइले बुझ्नैपर्ने कुरा के हो भने 15 लाख लगानी गरेपनी र डेड दुई लाख मात्रै लगानी गरे पनि
चप्पलको गुणस्तर लगभग उस्तै नि हुनेछ।

समग्रमा बुझ्नुपर्दा तपाइले मोटामोटी डेड लाख लगानी गर्न चै जरुरी हुन्छ। त्यो भन्दा धेरै लगानी गरेर सहज
ततिकाले धेरै उत्पादन गर्न चाहानुहुन्छ भने तपाइको इक्षाअनुसार लगानी गर्न सक्नुहुनेछ।

💡कुन कुन मेसिन चाहिन्छ ?

चप्पल उद्योगको लागि नेपालमा बिशेश गरि तीन प्रकारका मेसिनरिहरु उपलब्ध हुन्छन मेनु हाइड्रोलिकअल
र पावर प्रेस। यस्ता मेसिनहरु चप्पल उत्पादन गर्नको लागि प्रयोग हुने सबै मेसिनको सेटमा उपलब्ध हुने गर्छन।

नेपाली बजारमा मेनुअल मेसिनको मूल्य रु. 70,000/- बाट शुरु हुन्छ भने हाइड्रोलिक र पावर प्रेस मेसिनको
मूल्य 2 लाख भन्दा बढी पर्न जान्छ। यी मेसिनहरु खरिद गर्दा चप्पल उत्पादनको लागि चाहिँने सबै प्रोसेसका
सम्पुर्ण मेसिनहरु पाउन सकिन्छ त्यो पनि यहि मुल्य भित्र।

यस्ता मेसिनको सेटमा सोल कटिङ मेसिन, स्ट्र्याप फिटिङ मेसिन, डृलिङ मेसिन, ग्राइन्डिङ मेसिन र डाइहरु
पाइन्छ। हाइड्रोलिक मेसिन र मेनुअल मेसिनमा फरक यत्ती मात्रै हुन्छ कि, हाइड्रोलिक मेसिनमा सोल काट्ने
मेसिन हाइड्रोलिक सिस्टमबाट चल्छ भने मेनुअल मेसिनमा आफैले थिचेर काट्नुपर्ने हुन्छ।

उत्पादन क्षमताको कुरा गर्ने हो भने, हाइड्रोलिक मेसिनको माध्यमले दैनिक 1000 जोर सम्म उत्पादन गर्न सकिन्छ
भने मेनुअल मेसिनको माध्यमले दैनिक 300 जोर जती उत्पादन गर्न सकिन्छ।

💡कच्चापदार्थ के के चाहिन्छ ?

चप्पल उत्पादन गर्नको लागि तपाइलाइ हवाइ रबर सिट र स्ट्र्याप गरेर दुई प्रकारका कच्चापदार्थको जरुरी हुन्छ।
यस्ता हवाइ रबर सिट र चप्पलमा लाउने लेसहरु विभिन्न किसिमका पाइन्छन। खरिद गर्नुभन्दा पहिला तपाइले किन्न
लागेको हवाइ रबरको चप्पल बनाउदा प्रती जोर कति लगानी आउँछ भन्नेकुरा राम्रोसङ्ग बुझ्न जरुरी हुनेछ।

💡फाइदा कत्तिको हुन्छ ?

चप्पल बनाउने बिजनेसमा फाइदा कत्तिको हुन्छ भन्ने कुरा भन्दा पनि एक जोर चप्पल उत्पादन गर्दा लगानी कति
आउँछ भन्ने कुरा बुझ्न जरुरी हुन्छ। तपाइले बनाउने चप्पलको रेट तपाइले चप्पल बनाउन प्रयोग गर्ने कच्चापदार्थमा
निर्भर हुने गर्छ।

जस्तो कि यदि तपाइले सस्तो कच्चापदार्थ किनेर चप्पल उत्पादन गर्नुभयो भने प्रती जोर लगभग 60/65
रुपैयाँ सम्म लगानी पर्न जान्छ। त्यसैगरी यदि तपाईं राम्रो गुणस्तर र आकर्षक डिजाइनको उत्पादन गर्नको
लागि स्टेन्डर क्वालिटिका कच्चापदार्थ खरिद गरेर उत्पादन गर्न चाहानुहुन्छ भने तपाइको इक्षाअनुसार जति
पनि लगानी गर्न सक्नुहुनेछ।

यसको मत्लब तपाइले 60 रुपैयाँ भन्दा माथी जति पनि लगानी गरेर प्रतिजोर उत्पादन गर्न सक्नुहुनेछ। यसरी
आफुले कच्चापदार्थमा लगानी गर्नुभन्दा पहिला एकपटक मार्केटको बारेमा बुझ्न नछुटाउनुहोला।

💡तालिम तथा जानकारी

तपाइले पहिलो चोटि काम शुरु गर्दै हुनुहुन्छ भने शुरुवातमा पक्कै पनि केही समस्या आउन सक्छ। त्यसैले
आफुले मेसिन तथा कच्चापदार्थ खरिद गर्नुभन्दा पहिला नै खरिद कर्ता कम्पनिसङ्ग मेसिन चलाउन र उत्पादन
गर्ने तालिम दिनको लागि कागज गराउन सक्नुहुन्छ। यति गरेपछी कम्पनिले सम्पुर्ण तालिम उपलब्ध गराउनेछन।

श्रोत:- smart tarika
यस्तै बिजनेस, आम्दानी र मोटिभेसनल सामाग्रीहरु हेर्नको लागि हाम्रो अफिसियल युट्युब च्यानल स्मार्ट तरिकामा
जोडिन सक्नुहुनेछ।

२०७८ मंसिर २६, आईतवार प्रकाशित
error: Content is protected !!