झापामा ए टु जेड सेवा को अनलाइन  होमडेलिभरि सुविधा

|

स्मार्ट तरिका : विगत केही समय देखि अनलाइन व्यवसायमा हात हाल्नेको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।
ग्राहकहरुको सुबिधालाई ध्यानमा राखि विभिन्न कम्पनीहरुले अनलाइन मार्फत आएको अर्डरलाई होम डेलिभरी दिइरहेका छन ।

त्यसै बिचमा ओखलढुंगामा जन्म भइ कार्यथलो दमक झापा बनाइ अनलाइन व्यवसाय गर्दै आउनेमा बिक्रम गौतम पनि एक हुन ।
हाल दमक – ५ , झापामा स्थाइ बसोबास गरि ए टु जेड सेवा अनलाइन सपिङ्ग प्रा लि कम्पनीको अध्यक्ष पद समालिरहेका गौतम
अनलाइन व्यवसायमा स्थापीत हुने क्रममा रहेका छन ।

उनले बिगत ३ वर्ष देखि अनलाइन व्यवसायमा हात हालेको बताएका छन । उनले सुरुवातमा स्मार्ट दमक नामक अनलाइन पोर्टल र
एप बनाइ काम गरेको तर त्यस समयमा खासै धेरै स्मार्ट मोवाइलहरु चलाउनेको सङ्ख्या नभएको कारण र दमक भन्दा बाहिरका
मानिसहरुले चासो नगरेको कारणले त्यस स्मार्ट दमक कम्पनीलाई १ वर्ष चलाएर घाटामा बन्द गर्नु परेको गौतमले बताए ।

बन्द गरेको केही समय नबित्दै गौतम लाई सुविधा पाइरहेका ग्राहकहरु बाट सम्पर्क आउन थाले पछि केही साथीहरू लाई
साथमा लिएर फेरि उनले पुरानै व्यवसायलाइ प्रीथक तरिकाले सन्चालमा ल्याएका छन ।

उनले सुवास गौतम , सुन्दर सर्मा र
आशिष् थापाको सहयोगमा ए टु जेड सेवा अनलाइन सपिङ्ग प्रा लि दर्ता गरि दमकमा खाद्यान्न सामानहरु जस्तै खाजा ,
नास्ता , खाना , किराना सामान, पेय पदार्थहरुको होम डेलिभरी सुविधा भएको ए टु जेड सेवा नामक अनलाइन पोर्टल र
मोवाइल एप बनाइ ग्राहकहरुलाई एक क्लिकको भर मा घर , पसल , कार्यलय आदि मा सुबिधा दिनका लागि डेलिभरी एप सन्चालनमा ल्याएको बताएका छन ।

अहिलेको समयमा धेरैजसो सबै जना काममा ब्यस्त रहने भएको कारण भाग दौड जिन्दगीमा समयको निकै सदुपयोग हुने ,
धुलो धुवामा घर बाहिर निक्लि रहनु नपर्ने र धेरै सामान एकै ठाउँमा पाउने र एक क्लिकमा घरमै सामानहरु आउने गौतमले दाबि गरेका छन ।
ग्राहकले चाहेको रेस्टुरेन्टमा कुनै पनि परिकार रेस्टुरेन्टकै दर रेटमा मगाउन सकिने छ । हाल दमक देखि उर्लाबारी , केरखा, झिलझिले ,
गौरदह र बिर्तामोड देखि लक्ष्मिपुर , सनिचरे , सुरुङ्गा , भद्रपुर , धुलाबारी सम्म मात्र सुविधा दिरहेको यस कम्पनीले छिटै बिराटनगर ,
इटहरी र धरानमा समेत सेवा विस्तार गर्ने कम्पनीका अध्यक्ष गौतमले बताए ।

यस कम्पनीबाट सुविधा लिन एन्ड्रोइड फोन भएकाले Play Store र आइफोन प्रयोककर्ताले
Apple Store बाट a2z Sewa नामक एप डाउनलोड
गरि सुविधा लिन सक्ने बताइएको छ । थप जानकारीका लागि ९८१४९००८८८ सम्पर्क गर्न सक्नुहुनेछ ।

२०७८ भाद्र १७, बिहीबार प्रकाशित
error: Content is protected !!