तारा एयरको जहाज दुर्घटनाप्रति कांग्रेसको दुःख व्यक्त

|

काठमाडौंः नेपाली कांग्रेसले तारा एयरको जहाज दुर्घटनामा निधन भएका चालक दलका सदस्यसहित यात्रुहरुको निधनप्रति दु :ख व्यक्त गरेको छ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थसाङ गाउँपालिका २ को सानोस्वारे भीरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालकदलका सदस्यसहित यात्रुहरुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरु सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कांग्रेसले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अबलम्बन गर्न सरकारसँग माग समेत गरेको छ ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित
error: Content is protected !!