बालेन्द्र साहको पहिलो निर्णय : नगरकार्यपालिकाको बैठक लाइभ गर्ने

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरकार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । सोमबार पदभार सम्हालेपछि साहले महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन् ।

नगरकार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजेका लागि बोलाइएको छ ।

उनले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने बताए । काठमाडौंको फोहोर व्यवस्था, पहिलो प्राथमिकता रहेको उनले बताए।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित
error: Content is protected !!