‘लन्डन टु पेरिस’ फिल्म को हिरो का लागि कबिर खड्का छनौट

|

NEWS JHAPA – बेलायत र फ्रान्समा सुटिङ हुने फिल्म ‘लन्डन टु पेरिस’का लागि निर्माण टिमले हिरो अनुबन्ध गरेको छ । निर्माण टिमका अनुसार फिल्ममा रहने दुई हिरोमध्ये एकका लागि कबिर खड्कालाई फाइनल गरिएको हो ।

ओस्कार कजेलबाट अभिनयमा स्नातक तह गरेका कबिर खड्काले फिल्म ‘लम्फू’ बाट अभिनय यात्रा सुरूवात गरेका हुन । उनको अभिनय रहेको फिल्म ‘गुन्जन’ रिलिजको तयारीमा छ । निर्देशक घनश्याम लामिछानेका अनुसार निर्माण टिमले अर्को नायकलाई साइन गरिसके पनि अर्को हप्ता तिर सार्वजनिक गर्ने बताएका छन् ।

निर्माण टिमले यसअघि दुई हिरोइन अनुबन्ध गरिसकेको छ । फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह र गरिमा शर्मा यसअघि नै हिरोइनको रुपमा अनुबन्ध भइसकेका छन् ।

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहने सिनेमाका सह(निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको पटकथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित
error: Content is protected !!