सप्लायर्स बिजनेस कसरी दर्ता गर्ने ?

|

बिजनेस दर्ता प्रक्रिया

सप्लायर्स बिजनेस दर्ता गर्नुभन्दा पहिला तपाइले गर्न लागेको सप्लायर्स कम्पनी कुन क्याटेगरिमा पर्छ
भन्ने स्पस्ट हुन जरुरी हुन्छ। सप्लायर्स बिजनेस मात्रै भनेर दर्ता हुदैन, त्यहा तपाइले आफ्नो ब्यावसाय
र कारोबारको प्रकार स्पस्ट खुलाउनुपर्ने हुन्छ।

सप्लायर्स सम्बन्धी विभिन्न प्रकारका क्याटेगरी हुने गर्छन। जस्तो कि, खाद्यान्न, लुगाफाटो, मेसिनरी,
रासायनिक, औषधजन्य, श्रीङ्रारिक, कस्मेटिक आदि। त्यसैले आफुले सप्लाइ गर्ने सामान कुन हो
भनेर स्पस्ट छुट्याउनु पर्ने हुन्छ।

सप्लाइ गर्ने सामानको आधारमा केही कानुनी दायरा र मापदण्ड फरक हुन सक्छन तर दर्ता प्रक्रीया भने
प्राय सबैको उस्तै हुने गर्छ।

पहिला कारोबारको प्रकार स्पष्ट पारेपछी तपाइले कम्पनि दर्ता गर्दा चालू पुजि पनि देखाउनुपर्ने हुन्छ त्यसैले
आफुले लगानी कति गर्ने हो भन्ने कुरामा पनि स्पस्ट हुन जरुरी हुन्छ। यसरी लगानी देखाउनको लागि तपाइले
त्यो ब्यावसायको लागि कति रकम छुट्याउनुभएको छ त्यही देखाउने हो त्यसैले यसमा त्यति सोचिरहनुपर्ने
खासै केही छैन।

अब तपाइले आफ्नो ब्यावसाय संचालन गर्ने ठाउको निश्चित गर्नुपर्ने हुन्छ। त्यसैले आफुले राख्ने गोदाम, अफिस
वा पसल कहाँनेर कस्को घरमा राख्ने हो भन्ने कुरा स्पस्ट हुनुपर्नेछ। यदि तपाइ खाली जग्गामा बनाएर संचालन
गर्ने सोच बनाउदै हुनुहुन्छ भने तपाइले जग्गा दर्ता गरेर पनि काम शुरु गर्न सक्नुहुनेछ।

यसरी जग्गा तथा घर, कोठा दर्ता गर्नको लागि यदि तपाइको आफ्नै नामको सम्पती हो भने बार्षिक कर चुक्ता
गरेको रसिद, घर तथा जग्गाको लालपुर्जा, नक्सा आदि लगेर सिधै दर्ता गराउन सक्नुहुनेछ। तर यदि तपाईं अन्य
कसैको जग्गा तथा घर भाडामा लिएर काम गर्ने हो भने रसिद, नक्सा र लालपुर्जाको साथमा एउटा घरभाडा
सम्झौतापत्र पनि लिएर जानुपर्ने हुन्छ।

त्यसैले घर तथा जग्गाको भाडामा लिएको सम्झौता पत्र पनि बनाउनुपर्ने हुन्छ। मानौ तपाइको घर तथा जग्गा परिवारको
अन्य सदस्यको नाममा भएको खन्डमा पनि सम्झौतापत्र अनिवार्य रुपमा हुनुपर्ने छ। अन्य सदस्यको नाममा भएको
सम्पतिको लागि जग्गाधनी सम्झौतापत्र बनाउदा हुन्छ।

अब तपाइ 2 प्रती पिपि साइजको फोटो, नागरिताको फोटोकपि, जग्गाको करचुक्ता र घर तथा जग्गाको लालुर्जा लिएर
स्थानिय वडा कार्यलयमा जानुहोस। सबैभन्दा पहिलो दर्ता वडा कार्यलयमा हुनेछ। वडा कार्यलयमा कारोबारको किसिम र
लगानिको आधारमा निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। त्यसपछी वडा कार्यलयले एउटा रसिदको साथमा एउटा दर्ताको प्रमाणपत्र
पनि दिनेछ।

अब तपाइले त्यो वडा कार्यलयमा पाएको दर्ताको प्रमाणपत्र लिएर उद्योग बाणिज्य संघमा जानुपर्ने हुन्छ। उद्योग बाणिज्य
संघमा पनि वडा कार्यलयमा जस्तै त्यही दर्ताको आधारमा सबै प्रक्रीय पुर्याएर दर्ता गरिनेछ। र त्यहबाट पनि कम्पनी वा
पसल दर्ताको प्रमाणपत्र दिइनेछ।

यति गरेपछी अब अन्तिममा तपाइले सबै कागजातको साथमा आन्तरिक राजस्व कार्यलयमा जानुपर्ने छ। त्यहाबाट एउटा
PAN नम्बर पाउनुहुनेछ र तपाईं नेपाल सरकारको नियम अनुसार एउटा ब्यावसायी बन्नुहुनेछ।

श्रोत:- smart tarika
यस्तै बिजनेस, आम्दानी र मोटिभेसनल सामाग्रीहरु हेर्नको लागि हाम्रो अफिसियल योउट्युब च्यानल स्मार्ट तरिकामा
जोडिन सक्नुहुनेछ।

२०७८ मंसिर २६, आईतवार प्रकाशित
error: Content is protected !!