सप्लायर्स बिजनेस के हो र कसरी शुरु गर्न सकिन्छ ?

|

सप्लायर्स बिजनेस सस्तो हुन्छ ?

खरिदकर्ता र बिक्रेताको बिचमा बसेर कमिसनको लागि गरिने कारोबारलाइ सप्लायर्स बिजनेस भन्ने गरिन्छ।
ठेट नेपाली भाषामा भन्ने हो भने यसलाइ बिचौलियाको काम पनि भन्ने गरिन्छ।

नेपालमा कयौ सप्लायर्स कम्पनिहरु छ्न। विशेष गरि नेपाल भन्दा बाहिरी मुलुकबाट सामान आयात गरेर
नेपालमा काम गर्नेहरुको सप्लायर्स बिजनेस निकै राम्रो चलेको छ। यसरी आयात गरिने कुराहरुमा खाद्यान्न,
कस्मेटिक, मेसिनरी, कच्चापदार्थ तथा केमिकल, चौपाय तथा पशुपन्क्षी लगायत सबै कुरा पर्ने गर्छन

आयात गरिने मात्रै नभएर नेपालभित्रै पनि सप्लायर्स बिजनेस धेरै राम्रोसङ्ग चलाउन सकिन्छ। तपाईं देख्न सक्नुहुन्छ
तरकारी बजारदेखी लिएर मासु पसलसम्म खाद्यान्न देखि लिएर औषधि सम्म हरेक क्षत्रमा यो बिजनेस मोडल
लागू हुन जान्छ।

यो बिजनेसमा सबैभन्दा गजबको कुरा के छ भने धेरै प्रकारका क्याटेगरिहरु छानेर काम गर्न सकिन्छ। जस्तो
कि कम्पनी र उपभोक्ता बिच, कम्पनी र रिटेलरको बिच, होलसेल र रिटेलर को बिचमा, उत्पादक र होलसेलको
बिचमा आदि।

यस्ता कम्पनी र उपभोक्ताको बिचमा बसेर तपाइले आफ्नु सम्पर्कमा भएका सामान तथा सेवाहरु अरु लाई
बेचेबापत कम्पनिबाट किनेको रेटमा जति मार्जिन राखेर आफ्ना ग्राहकलाइ बेच्नुहुन्छ त्यही नै तपाइको कमाइ
हुनेछ।

सप्लायर्स सम्बन्धी ब्यावसाय गर्नको लागि तपाईं सङ्ग खरिदकर्ता र बिक्रेता सङ्ग राम्रो सम्बन्ध चाहिन्छ। सबैभन्दा
ठूलो कुरा त यो ब्यावसाय गर्नको लागि यदि ब्यापारिहरुसङ्ग राम्रो सम्बन्ध छ भने तपाइले बिना लगानी, अरुकै
लगानिबाट पनि काम गर्न सक्नुहुनेछ।

💡सप्लायर्स बिजनेस कसरी शुरु गर्ने ?

सप्लायर्स बिजनेस शुरु गर्नको लागि तपाइले सबैभन्दा पहिला बिक्रेता र खरिदकर्ता मध्य कुनै एक फिल्डमा
राम्रो सङ्ग बुझ्न जरुरी हुनेछ। तपाइको श्रोत, साधन र सम्पर्कको आधारमा जुन तहका ब्यावसायिहरु तपाइको
सम्पर्कमा छन त्यही तहका ब्यवसायिको लागि उपयुक्त आइडिया लिएर हिड्नुभयो भने यो काम त्यति गारो
हुने छैन।

उदाहरणका लागि, यदि तपाइको वरिपरि धेरै कपडा पसलहरु छन भने तपाइले त्यही मार्केटको डिमान्ड अनुसार
त्यही बाट आफ्नो ब्यावसाय शुरु गर्न सक्नुहुन्छ।

यसरी काम गर्नको लागि तपाइलो कपडा उत्पादन गर्ने र बिदेशी मुलुकबाट कपडा आयात गर्ने कम्पनिहरु खोजी
गर्नुपर्ने हुन्छ। यस्ता ब्यापारिहरु कहाँ हुन्छन, के के सामान उपलब्ध गराउन सक्छन भन्ने बारे खोजिगर्न तपाईं
गुगल, फेसबुक आदि जस्ता ठाउमा सर्च गरेर खोजी गर्न सक्नुहुन्छ।

त्यस्ता ब्यापारिहरु सङ्ग भेटेर, कुरा गरेर आफ्नो ठाउँमा चल्न लायक सामानहरुको स्याम्पल कपडाहरु ल्याउनुहोस।
अनि आफ्नो स्थानिय बजारका ब्यापारिहरुसङ्ग त्यो सामनको डिल गर्नुहोस। यसरी डिल गर्दा केही प्रतिशत आफ्नो
मुनाफा जोडेर डिल गर्न नबिर्सिनुहोला।

त्यसपछी यदि ती ब्यापारिहरुले तपाइले देखाएको नमुनाहरु मन पराए भने अब त्यो सामान मगाएर सप्लाइ गर्न
सक्नुहुन्छ। यसरी काम गर्दा सकेसम्म केही एड्भान्स पेमेन्ट लिएर अर्डर फाइनल गर्नुहोस, यस्तो गर्नाले तपाइले
मगाइसकेपछि ब्यापारिले अर्डर क्यान्सिल गर्ने छैनन।

यो त भयो पहिला ग्राहक हेरेर बिक्रेता खोज्ने प्रक्रीया, अब कुरा गरौ यदि तपाईं सङ्ग बिक्रेताको राम्रो सम्बन्ध छ
भने कसरी ग्राहक खोजेर सप्लायर्स बिजनेस शुरु गर्ने त ??

मानौ तपाइको साबुन उद्योग सङ्ग राम्रो सम्बन्ध छ भने अब तपाइले साबुनको सप्लाइ गरेर पनि आफ्नो सप्लायर्स
बिजनेस चलाउन सक्नुहुनेछ। तपाईं सम्बन्ध उत्पादन गर्ने कम्पनी सङ्ग छ त्यसैले अब तपाइले खरिदकर्ताहरु खोजेर
आफ्ना ग्राहक बनाउनुपर्ने हुन्छ।

ग्राहकहरु खोजी गर्नको लागि तपाइले अनलाइन र अफलाइन दुइटै तरिका अपनाउन सक्नुहुनेछ। जस्तो कि
अनलाइनमा फेसबुक मार्फत आफ्नो बिज्ञापन गरेर, हाम्रो बजार, दराज, A2Z sewa जस्ता मल्टिभेन्डर वेबसाइटमा
पोस्ट गरेर तपाइले निशुल्क बिज्ञापन गर्न सक्नुहुन्छ भने अफलाइनमा काम गर्नको लागी, ठुला ठुला होलसेल हरु
खोजेर डिल गर्नुपर्ने हुन्छ।

यसरी अर्डर लिएर कम्पनी बाट साबुन ल्याएर आफ्नो मध्यमबाट सप्लाइ गर्न सक्नुहुनेछ। तर ध्यान रहोस, धेरै
मार्जिन राख्ने सोचाइले तपाइलाइ असफल बनाउन सक्छ त्यसैले थोरै मार्जिन राखेर ठूलो मात्रामा सामान बेच्ने
कोसिस गर्नुहोस।

ब्यावसायको प्रकार अनुसार ग्राहक र काम गर्ने तरिका केही फरक हुन सक्छ तर माथी दिइएको उदाहरणलाई
राम्रोसङ्ग बुझ्ने कोसिस गर्नुभयो भने काम गर्न त्यति गारो हुनेछैन।

श्रोत:- smart tarika
यस्तै बिजनेस, आम्दानी र मोटिभेसनल सामाग्रीहरु हेर्नको लागि हाम्रो अफिसियल योउट्युब च्यानल स्मार्ट तरिका
मा जोडिन सक्नुहुनेछ।

२०७८ मंसिर २६, आईतवार प्रकाशित
error: Content is protected !!