सानो लगानिमा सजिलै शुरु गर्न सकिने 5 ओटा घरेलु उद्योग

|

घरबाटै शुरु गर्न सकिने 5 ओटा घरेलु उद्योगहरु

हाम्रो देशमा उपभोग गरिने सामानहरु अत्यधिक मात्रामा बिदेशी कम्पनिका हुने गर्छन। यसको मत्लब हाम्रो
देश उत्पादन क्षत्रमा निकै पछाडी परेको छ भन्ने बुझ्न जरुरी छ। यहाँबाट यो कुरा प्रष्ट हुन्छ कि नेपालमा
उत्पादनमुलक कम्पनि खोल्न चाहानेको लागि राम्रो अवसर रहेको छ। यदि तपाईं पनि सानो लगानिबाटै कुनै
बिजनेस शुरु गर्ने सोच बनाउदै हुनुहुन्छ भने यो सामाग्री तपाइकै लागि हो।

यहाँ हामी सानै लगानिबाट शुरु गर्न सकिने 5 ओटा घरेलु उद्योगको बारेमा चर्चा गर्नेछौ। यदि तपाइ यी मध्य
कुनै बिजनेसको बारेमा डिटेलमा बुझ्न चाहानुहुन्छ भने कमेन्ट गर्न सक्नुहुनेछ। अर्को सामाग्री तपाइकै माग
अनुसार अपलोड गरिनेछ।

1. अचार बनाउने उद्योग

यदि तपाइको हातमा मिठो अचार बनाउने कला छ भने तपाईं अचार बनाउने उद्योग खोलेर पनि राम्रो आम्दानी
गर्न सक्नुहुनेछ। अचार उद्योग खोल्नको तपाइको ठाउमा सिजन अनुसारको कच्चापदार्थ सजिलै उपलब्ध हुन्छ भने
यसमा राम्रो मुनाफा आर्जन गर्न सक्नुहुनेछ। यस उद्योगमा मुख्य लगानी भनेको प्याकेजिङ मा पर्न जान्छ।

अचार तयार भैसकेपछी त्यसलाइ प्याकेजिङ गर्ने बट्टा किनेर त्यसलाइ सिल गरेर बजारिकरण गर्न सक्नुहुन्छ।
सिल गर्नको लागि एउटा साधारण आल्मुनियम फोइल र सिलर मेसिनको प्रयोग गरेर काम गर्न सकिन्छ। यो
मेसिनको मुल्य नेपाली बजारमा लगभग 10 हजार सम्म पर्न जान्छ।

त्यसपछी आफ्नो ब्राण्डिङ गर्नको लागि स्टिकर प्रीन्ट गराउनुपर्ने हुन्छ। जसको लागि अफसेट प्रीन्टिङ प्रेसमा
सम्पर्क गरेर आफ्नो लेभल छपाउन सकिन्छ।

यो सबै कुरा गरेर काम शुरु गर्दा 50 हजार भन्दा कम लगानिमै यो बिजनेस राम्रोसङ्ग शुरु गर्न सकिन्छ।

2. गुडिया बनाउने बिजनेस

यदि तपाईं कुनै राम्रो सीप सिकेर आफ्नै बिजनेस शुरु गर्ने सोच बनाउदै हुनुहुन्छ भने तपाइको लागि गुडिया
बनाउने बिजनेस पनि राम्रो बिकल्प बन्न सक्छ। यो काम गर्नको लागि तपाइले सबैभन्दा पहिला तालिम लिनुपर्ने
हुन्छ। त्यसपछी आफ्नै घर वा कोठाबाट सजिलै शुरु गर्न्सकिन्छ।

गुडिया बनाउने तालिम लिनको लागि प्राय सबै ठाउमा ट्रेनिङ सेन्टरहरु पाउन सकिन्छ। जहाँ विभिन्न ठाउँ र
लागतको आधारमा 2 देखि 5 हजारसम्म तालिम शुल्क लिने गरेका हुन्छन।

गुडिया बनाउने तालिम लगभग 1 महिनाको हुने गर्छ। त्यति समयमा सबै प्रकारका गुडिया बनाउन सिकिन्छ।
यसरी तालिम लिइसकेपछी फाइबर र कपडा किनेर सजिलै बनाउन सकिन्छ। यस्ता कच्चापदार्थहरु प्राय सबै
ठाउमा सजिलै उपलब्ध हुने गर्छन। यो बिजनेस जिरोबाट सिकेर शुरु गरुन्जेल लगभग 20 हजार लगानी बाट
काम गर्न सकिन्छ।

3. प्याकेजिङ बिजनेस

यदि तपाईं अर्को सजिलो र थोरै लगानिबाट शुरु गर्न सकिने बिजनेसको खोजी गर्दै हुनुहुन्छ भने प्याकेजिङ गर्ने
बिजनेस पनि एउटा राम्रो बिकल्प बन्न सक्छ। यो बिजनेसको लागि तपाइले आफ्नो वरपर भएका स्थानिय
उत्पादनहरुलाइ प्याकेजिङ गरेर शहरबजार सम्म पुराउने काम गर्नुपर्ने हुन्छ। जस्तो कि दाल, गेडागुडी, मसला,
गुन्द्रुक तथा सिन्की जस्ता सामानहरु शहरबजारमा राम्रो दाममा बेच्न सकिन्छ तर गाउँतिर यस्ता चिजहरु अत्यधिक
सस्तो मुल्यमा उपलब्ध हुने गर्छन।

यो बिजनेस शुरु गर्नको लागि एउटा प्याकिङ गर्ने मेसिन, प्याकिङ गर्ने प्लास्टिक र स्टिकरको जरुरी हुन्छ। यी
सबै कुरा मेनेज गरेर काम गर्नको लागि कच्चापदार्थ बाहेक लगभग 10 देखि 30 हजार सम्म लगानी पर्न जान्छ।

4. चप्पल उद्योग

चप्पल उद्योगको पनि नेपालमा राम्रो सम्भावना रहेको देखिन्छ। यदि तपाइ सदाबहार चल्ने बिजनेसको खोजी गर्दै
हुनुहुन्छ भने चप्पल उद्योग पनि तपाइको लागि राम्रो बिकल्प बन्न सक्छ। चप्पल उद्योग खोल्नको लागि लगभग
75 हजारदेखी मेसिनको मूल्य शुरु हुने गर्छ। शुरुवातमा थोरै लगानिबाट काम गर्न चाहानेको लागि यो बिजनेस
लगभग 1.5 लाख सम्म शुरु गर्न सकिन्छ। यदि तपाइको बजार राम्रो छ र बजारिकरण गर्नको लागि सक्षम हुनुहुन्छ
भने चप्पल उद्योग बाट पनि तपाइले राम्रो आम्दानी गर्न सक्नुहुनेछ।

5. अगरबत्ती उद्योग

अगरबत्ती बनाउने उद्योग पनि सानै लगानिबाट शुरु गर्न सकिने बिजनेस हो। यसको लागि दुई प्रकारका मेसिनहरु
आउने गर्छन जसमा मेनुअल र अटोमेटिक हुन्छन। यदि तपाईं सानै लगानिबाट शुरु गर्न चाहानुहुन्छ भने तपाइको
लागि मेनुअल मेसिन उपयोगी हुनेछ। जसको मूल्य नेपाली बजारमा लगभग 1 लाख पर्न जान्छ। त्यसपछी यसको
लागि चाहिने प्रीमिक्स पाउडर, DP oil, perfume र स्टिक लगायत कच्चापदार्थ किनेर सजिलै शुरु गर्न सकिन्छ।

श्रोत-: स्मार्ट तरिका

२०७८ मंसिर २६, आईतवार प्रकाशित
error: Content is protected !!