स्मार्ट बिक्रेता बनेर जे पनि कसरी बेच्ने ?

|

💡स्मार्ट बिक्रेता भनेको के हो ?

दुनियामा बिक्रीबितरण गरेर पैसा कमाउने जतिसुकै माध्यमको खोजी गरेपनी स्पेसली 3 ओटा कुराहरु बेचेर
मानिसहरुले पैसा कमाइरहेका हुन्छन। ति 3 कुराहरु यि हुन
1. सामान बेचेर
2. पोलिसी बेचेर
3. श्रम बेचेर

यदि तपाईं मार्केटिङ, पसल र सामान उत्पादन गर्ने काम गरिरहनुभएको छ भने तपाईं 1 नम्बरमा पर्नुहुन्छ।
यदि तपाईं कुनै बिमा कम्पनिमा काम गर्नुहुन्छ भने तपाईं पोलिसी बेचेर कमाउदै हुनुहुन्छ। त्यसैगरी यदि तपाईं
जागिर खादै हुनुहुन्छ भने तपाईं श्रम बेचेर पैसा कमाउदै हुनुहुन्छ। आज हामी दुनियाको सबैभन्दा powerful
business सामान बेचेर पैसा कमाउने बिजनेसको बारेमा कुरा गर्नेछौ, त्यो पनि थोरै लगानी हुनेहरुको लागि।
समय र जेनेरसन अनुसार बिजनेस मोडल पनि परिबर्तन भइरहेका हुन्छन, त्यही परिबर्तन लाई
बुझेर आफू र आफ्नो कामलाइ परिबर्तन गर्नु पनि एउटा स्मार्ट ब्यक्तित्व निर्मार्ण गर्नु हो।

साधारणतया ट्रेडिसनल ब्यापारिहरु ठूलो लगानी गरेर, धेरै सामान स्टोक राखेर आफ्नो बिजनेस शुरु गर्ने गर्छन।
यदि थोरै लगानी र थोरै स्टोकको भरमा अत्यधिक बिक्री गर्न कसैले सक्छ भने उसलाइ स्मार्ट बिक्रेता भनेर बुझ्नुहोस।
स्मार्ट बिक्रेताहरु अरुभन्दा फरक तरिकाले काम गर्छन। यिनिहरु आफू काम गर्नुभन्दा सिस्टमलाइ काम गराउनुलाइ
प्राथमिकता दिने गर्छन। यदि तपाईं पनि कुनै बिजनेस गर्ने सोच बनाउदै हुनुहुन्छ भने तपाइको लागि स्मार्ट बिक्रेता
पनि एउटा राम्रो अप्सन बन्न सक्छ।

💡स्मार्ट बिक्रेता बन्न के गर्नुपर्छ ?

स्मार्ट बिक्रेता बन्नको लागि तपाइले आधुनिक टेक्नोलोजिको साहारा लिनुपर्ने हुन्छ। फिजिकल मार्केटिङ नभइकन डिजिटल
मार्केटिङको बाटो खोज्नुपर्ने हुन्छ। यसरी काम गर्दा यस्ता कयौ बिकल्प छन जहाँ मनग्य लगानी गरेर मात्रै सफल हुन
सकिन्छ तर हामी यहाँ ती प्लेटफार्मको बारेमा मात्रै कुरा गर्नेछौ जहाँ तपाइले निशुल्क आफ्नो व्यापार बढाउन सक्नुहुनेछ।
यसरी काम गर्नको लागि तपाइसङ्ग मोबाइल वा कम्प्युटर को साथमा इन्टरनेट हुनुपर्नेछ। तपाइको बिजनेसको शुरुवात
आफुले प्रयोग गर्ने स्मार्टफोनबाटै सजिलै शुरु गर्न सक्नुहुनेछ। एउटै शब्दमा भन्ने हो भने स्मार्ट बिक्रेता बन्नको लागि दुइटा
कुरा मात्रै भए पुग्छ, ती हुन चासो र धैर्यता। यदि तपाइसङ्ग काम गर्ने इक्षा छ र आफ्नो लक्ष्यप्राप्तिको लागि धैर्य गर्न
सक्नुहुन्छ भने तपाईं अवस्यपनी स्मार्ट बिक्रेता बन्न सक्नुहुनेछ।

💡स्मार्ट बिक्रेता कसरी बन्ने ?

नेपालसरकारको नियम अनुसार तपाइले कुनैपनी ब्यावसाय गर्नको लागि आफ्नो कम्पनी अथवा फम दर्ता गरेर एउटा पान
नम्बर लिनुपर्ने हुन्छ। यसको लागि तपाइले वडा कार्यलय, उद्योग बाणिज्य र आन्तरिक राजस्व कार्यलयमा गएर सजिलै
दर्ता गराउन सक्नुहुनेछ। यदि तपाइसङ्ग यो भन्दा अगाडि कुनैपनी ब्यावसायिक फम दर्ता छ भने तपाइले राजस्व कार्यलयमा
गएर आफुले गर्न लागेको कारोबारको बिबरण त्यही फममा समाबेस गराएर पनि काम गर्न सक्नुहुनेछ।

यसरी आफ्नो ब्यावसाय दर्ता गरेपछी अब तपाइले गर्न लागेको काम सम्बन्धी ती कम्पनिहरु खोजी गर्नुपर्ने हुन्छ
जसले तपाइलाइ उचित मुल्यमा सामान उपलब्ध गराउन सकुन। जस्तो कि यदि तपाईं कपडाको व्यापार गर्न चाहानुहुन्छ भने
तपाइले कपडा बेच्ने होलसेलमा सम्पर्क गर्नुपर्ने हुन्छ। अब तपाइले त्यहा आफुले बेच्न चाहेको कपडाको मुल्य बुझ्नुहोस र
अनलाइन प्लेटफार्म मा त्यो कपडा कतिमा बिकिरहेको छ त्यो पत्ता लगाउनुहोस। यसरी पत्ता लगाउनको लागि तपाइले
फेसबुकमा सर्च गरेर हेर्न सक्नुहुन्छ, दराज मा सर्च गरेर हेर्न सक्नुहुन्छ, हाम्रो बजार डट कम आदि जस्ता ठाउहरुमा
सर्च गरेर हेर्न सक्नुहुन्छ।

यदि तपाइले हेरेको र बेच्न खोजेको कपडामा फाइदा आउने रछ भने अब तपाईं यो भन्दा अगाडिको
प्रोसेस शुरु गर्न सक्नुहुनेछ। त्यसरी होलसेल मा बुझ्दा एउटामा मात्रै पसल वा कम्पनिमा बुझेर काम गर्ने गल्ती नगर्नुहोला।
तपाईं कमसेकम 4/5 ओटा होलसेलमा गएर बुझ्नुभयो भने तपाईं ठगिने सम्भावना एकदमै कम हुनेछ। यस्ता होलसेल
हरु प्रायजसो काठमान्डौको असन, इन्द्रचोक र माहाबौद्द तिर प्रसस्तै पाइन्छन। तपाईं आफै गएर घुमेर राम्रोसङ्ग बुझ्न पनि
सक्नुहुन्छ। यति गरिसकेपछी अब तपाइले आफ्नो इक्षा अनुसारका कपडा केही मात्रामा किनेर ल्याउनुहोस अनि ती
कपडाको सफा र राम्रोसङ्ग मिलाएर फोटो खिच्नुहोस।

प्राय कपडाको फोटोहरु तपाइले गुगलमा पनि भेट्टाउन सक्नुहुनेछ त्यसैले एकचोटी गुगलमा सर्च गरेर हेर्न नभुल्नुहोस।
अब तपाइले सामान बेच्ने ठाउको बारेमा खोजी गर्नुपर्ने हुन्छ, जसको लागि कहाँनेर कसरी बेच्ने भन्ने बारे यहाँ तल
उल्लेख गरिएको छ। हुनत हरेक बिजनेसको टार्गेटेड ग्राहक र काम गर्ने तरिका केही फरक हुन सक्छ तर हामी
यहाँ कपडाको उदाहरण लिएर कुरा गर्नेछौ।

1. फेसबुक

आजको समयमा अन्य कुनै माध्यमबिना पनि फेसबुकबाट मात्रै सामानहरु बेचबिखान गरेर लाखौ मानिसहरुले राम्रो
आम्दानी गरिरहेका छन। यसरी फेसबुकबाट सामान बेचबिखान गर्नको लागि तिनओटा बिकल्प हुन्छन त्यसमध्य
Boost, पोस्ट र Brand collabs । यदि तपाइले बेच्ने सामानमा धेरै मार्जिन छ भने तपाईं बुस्ट गराएर काम
गर्न सक्नुहुन्छ, यदि तपाईं कुनै कन्टेन्ट क्रीयटर लाई पैसा दिएर प्रचारप्रसार गर्न चाहानुहुन्छ भने तपाइले Brand
collabs को प्रयोग गर्न सक्नुहुनेछ। यदि तपाइ बिना लगानी, कुनै खर्च नगरी सामानको प्रचारप्रसार गरेर बेच्न
चाहानुहुन्छ भने पोस्ट र शेयर गरेर पनि सजिलै आफ्नो सामानको बिक्रीबितरण गर्न सक्नुहुन्छ।

फेसबुकले पछिल्लो समयमा एउटा नया फिचर लन्च गरेको छ, जसको नाम हो मार्केटप्लेस। तपाइले
निशुल्क आफ्नो फेसबुकको मार्केटप्लेसमा गएर पनि आफ्ना सामानहरु पोस्ट गर्न सक्नुहुन्छ। त्यसैगरी तपाइले आफ्नो
बिजनेसको फेसबुक पेज बनाएर त्यहाबाट आफ्नो सामानको मूल्य सहितको लिस्ट बनाएर पनि बेच्न सक्नुहुन्छ। पेजमा
तपाइले बेच्ने सामानको फोटो, भिडियो आदि अपलोड गरेर त्यसलाइ विभिन्न ग्रुपमा शेयर गर्नुभयो भने तपाइले निशुल्क
आफ्नो सामको मार्केटिङ लाखौ मानिससामु गर्न सक्नुहुन्छ। यी सबै तरिकामा कुनैपनि शुल्क तिर्नुपर्दैन।

2. टिकटक

पछिल्लो समयमा आफ्नो बिजनेस बढाउनको लागि टिकटक पनि एउटा धेरै राम्रो प्लेटफार्म बनेको छ। टिकटकबाट
आफ्नो सामानको बिक्रीबितरण गर्ने तिनओटा तरिका छन।

🔘 Post

तपाइले निशुल्क आफ्नो एउटा टिकटक आइडी बनाउन सक्नुहुन्छ र त्यहा तपाइले असिमित पोस्टहरु निशुल्क गर्न
सक्नुहुन्छ। हुनसक्छ तपाईं पनि खाली समयमा टाइम पास गर्नको लागि आफ्नो समय टिकटकमा बिताउनुहुन्छ होला।
तर, के तपाइलाइ थाहा छ ?? त्यही टिकटकको माध्यमबाट कयौ ब्यापारि हरुहरुले आफ्नो बिजनेस चलाइरहेका छन।
तपाईं पनि आफ्नो एउटा टिकटक आइडी बनाउनुहोस अनि त्यहा आफुले बेच्ने सामानको भिडियो बनाएर पोस्ट गर्नुहोस।

🔘 Sponsor

यदि कसैले तपाईं सङ्ग पैसा लिएर तपाइको सामनको वा बिजनेसको बारेमा उसका follower लाई भन्छ भने त्यसलाइ
स्पोन्सर भन्ने गरिन्छ। यसको लागि तपाइको सामान र उसले बनाउने गरेका भिडियो उस्तै प्रकारका भएमा तपाइले त्यहाबाट
अनगिन्दी सङ्ख्यामा ग्राहकहरु पाउन सक्नुहुन्छ। उदाहरणको लागि यदि तपाईं कपडाको बिजनेस गर्दै हुनुहुन्छ भने तपाइले
कुनै कमेडी स्टारलाइ स्पोन्सर दिनु गलत हुनसक्छ, त्यसको ठाउमा जस्ले फेसन र ब्युटी सम्बन्धी भिडियो बनाउने गर्छ
उसलाइ दिदा राम्रो रिजल्ट आउने हुन्छ।

🔘 Commission

बिना लगानी आफ्नो व्यापार बढाउने सबैभन्दा राम्रो बिकल्प हो कमिसन। यदि तपाईं कपडा व्यापार गर्दै हुनुहुन्छ भने तपाइले
फेसन र ब्युटी सम्बन्धी भिडियो बनाउने स्टारलाइ कमिसनमा काम गराउन सक्नुहुन्छ। यसमा तपाइलाइ र स्टारलाइ दुबैलाइ
राम्रो हुन्छ। यसरी काम गर्नको लागि त्यो स्टारले तपाईं सङ्ग भएको सामानक्प बिग्यापन गर्नेछ र उस्को माध्यमबाट सामान
बिक्नेछ अनि तपाइले मुनाफाको केही प्रतिशत त्यो स्टारलाइ दिनुपर्ने हुन्छ।

3. दराज

नेपालको सबैभन्दा ठूलो मल्टिभेन्डर अनलाइन कम्पनी भनेर दराजलाइ चिन्ने गरिन्छ। यहाँबाट पनि तपाइले आफ्नो सामान
सजिलै बेच्न सक्नुहुन्छ। यहाँ तपाइको सामानको बिज्ञापन गर्नको लागि तपाइले कुनै शुल्क तिर्नु पर्दैन। जब तपाइको सामान
दराजको माध्यमबाट बिकिसक्छ त्यसपछी बल्ल तपाइको मुनाफाको केही प्रतिशत दिनुपर्ने हुन्छ। यसरी दराज सङ्ग मिलेर
काम गर्नको लागि तपाईं दराजको अफिसमा गएर कुरा राख्नुभयो भने उसैले सबै सिकाउने गर्छ।

4. हाम्रो बजार

दराजमा जस्तै गरेर तपाईं hamrobazar.m बाट पनि आफ्नो सामान सजिलै बेच्न सक्नुहुन्छ।

5. ब्लग

अहिलेको समयमा ब्लग धेरैको आम्दानिको श्रोत बनेको छ। हुन त ब्लग बाट पैसा कमाउने अन्य धेरै बिकल्प हरु पनि
छन तर स्पेसली हामी यहाँ आफ्नो सामान बेच्नको लागि कसरी ब्लगको प्रयोग गर्ने भन्ने कुरा गर्नेछौ।
ब्लग एउटा गुगलको प्लेटफार्म हो जहाँ तपाइले निशुल्क आफ्नो वेबसाइट बनाएर आफ्नो बिजनेस बढाउन
सक्नुहुन्छ। साधारणतया एउटा सानो वेबसाइट बनाउदा लगभग रु.1000 भन्दा बढी लगानी पर्न जान्छ र बार्षिक रुपमा
त्यसको होस्टिङ र डोमेन पनि रिन्यु गराइरहनुपर्ने हुन्छ। तर तपाईं त्यो खर्च नगरी आफुले एउटा ब्लग बनाएर त्यहा
पोस्ट गरेर आफ्नो सामान सजिलै बेच्न सक्नुहुनेछ।

🔘ब्लग ले काम कसरी गर्छ ?

आजको समय इन्टेरनेटको जमाना हो त्यसैले हामी कुनै सामान को बारेमा खोजी गर्नुपर्यो भने सबैभन्दा पहिले गुगलमा
सर्च गरेर खोज्ने गर्छौ। ठिक यहि तरिकाले अरुले पनि यसैगरी खोजिरहेका हुन्छ्न। यो अवस्थामा यदि तपाइले आफ्नो
सामानहरु वेबसाइटमा पोस्ट गर्नुभयो भने कसैले गुगलमा सर्च गर्ने बित्तिकै तपाइको सामन सर्च लिस्टमा आउनेछ अनि
तपाइको सामान बेच्न सजिलो हुनेछ।

श्रोत : smart tarika
यस्ता अरु सामाग्री हेर्नको लागि smart tarika युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ।

२०७८ मंसिर २५, शनिबार प्रकाशित
error: Content is protected !!