स्मार्ट बिजनेस आइडिया (Smart Business ideas)

|

आजको समयमा हामिलाइ मोबाइल पनि स्मार्टफोन चाहिन्छ, आफ्नो पर्सनलटी पनि स्मार्टहवस भन्ने धारणाले हामी मेकपका समान देखि प्लास्टिक सर्जरी सम्म गर्न पछि पर्दैनौ। तर, के तपाइले कहिल्यै सोच्नुभएको छ, यदि हाम्रो सोचाइ स्मार्ट बनाउने हो भने ??

बुढापाका र बुद्दिजिबिहरुले हामिलाइ ठोकुवाका साथ भन्ने गर्छन कि, कुनैपनी काममा सफल हुनु छ भने त्यो काममा मरिमेटी मेहनत गर्नुपर्छ, कडा भन्दा कडा परिश्रम गर्नुपर्छ अनि मात्रै सफल बन्न सकिन्छ। यदि कडा मेहनत गरेर मात्रै सफल हुने भए मजदुरले भन्दा धेरै मेहनत कस्ले गर्छ ? तर तिनै मजदुर हरु सधै गरिबिको रेखामुनी किन हुन्छन ?? जो मान्छे सुखी छन, जो मान्छे खुशिका साथ बाचेका छन उनिहरु एकदमै कम काम गरेर कसरी सम्पन्नशाली बनेका छन त, यदि तपाइलाइ आफ्नो जिन्दगिमा प्रगती गर्नु छ, आफ्नो चासो भएको क्षत्रमा सफल बन्नु छ भने तपाइले मेहनत त गर्नुपर्छ तर स्मार्ट तरिकाले गर्नुपर्ने हुन्छ। स्मार्ट को अर्थ हुन्छ “Specific, Measurable, Achievable, Relevant, Time-bound.” निस्चित समयभित्र उपलब्ध श्रोत र साधनको प्रयोग गरेर बिशिस्ट नतिजा हासिल गर्नु।

हुन त हरेक काम, हरेक सोचाइ, हरेक क्षत्रमा स्मार्ट तरिकाले सोच्न जरुरी हुन्छ तर हामी यहाँ स्मार्ट तरिकाले बिजनेस गर्न किन जरुरी छ भन्ने बारे कुरा गर्नेछौ। एउटा समय थियो जुनबेला पसल थापेर बसेपछी ग्राहकहरु आफै किन्न आउने गर्थे तर आजको समय यतिधेरै एडभान्स भैसकेको छ कि निशुल्क डेलिभरी देखि लिएर उधारो दिदा पनि व्यापार गर्न मुस्किल भएको छ।

तर के सबैको लागि यहि अवस्था, यहि समस्या छ त ? पक्कै पनि छैन, हामी देख्न सक्छौ चिया

मात्रै बेचेर महिनाको लाखौ कमाउने पसलहरु, आफ्नो होटेल नभएपनी खानेकुरा बेचेर लाखौ कमाउनेहरु,

आफुसङ्ग समान नभएपनी निशुल्क बिक्री गर्ने प्लेटफार्म बाट अरुकै समान अरुलाइ नै बेचेर मनग्य कमाउनेहरु आदि।

यी सबैले गरेको स्मार्ट बिजनेस नै हो। स्मार्ट बिजनेस भन्ने कुनै छुट्टै बिजनेस मोडल हैन तर हरेक बिजनेसलाइ स्मार्ट तरिकाले गर्न सकिन्छ अनि गर्न जरुरी पनि छ।

जुनसुकै बिजनेसलाइ पनि स्मार्ट तरिकाले गर्नु छ भने त्यसको लागि तपाइले यी तिनओटा कुरा ध्यान दिनुपर्ने हुन्छ।

1. अरुको गल्ती र कमजोरी
त्यही ब्यक्तिले राम्रो र धमाकेदार तरिकाले काम गर्न सक्छ जसले अरुको गल्ती र कमजोरी बाट पाठ सिक्ने गर्छ। तपाइले स्मार्ट तरिकाले बिजनेस गर्नको लागि तपाइभित्र यो नभइ नहुने एउटा गुण हो। तपाइले गर्ने जस्तै मोडलको बिजनेस अरुले पनि गरेका हुन सक्छन त्यसैले सबैभन्दा पहिला उनिहरुले काम गर्ने तरिका हेर्नुहोस।

यदि तपाइले तपाइको जस्तै मोडलको 10 ओटा अलग अलग बिजनेस हरु बुझ्ने कोसिस गर्नुभयो भने

त्यहाबाट तपाइले कुनै धेरै फाइदा कमाउने देख्न सक्नुहुन्छ, कुनै घाटामा गएका देख्न सक्नुहुन्छ अनि कुनै

कमाउन पनि नसक्ने घाटा पनि नभएका देख्न सक्नुहुनेछ। यसरी तपाइले ती बिजनेसको राम्रोसङ्ग विश्लेषण

गर्नुभयो भने के गर्दा फाइदा हुन्छ र के गर्दा घाटा हुन्छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ। अब यति मात्रै हैन

तपाइले स्मार्ट बिजनेस गर्नु छ त्यसैले उनिहरु सङ्ग सिकेर त्यसमा आफ्नो आइडिया पनि प्रयोग गर्नुस जुन अरुले प्रयोग गर्न सकेका छैनन।

2. अरुको आवश्यकता
परम्परागत (Traditional) ब्यापारीहरु त्यही सामान र सर्भिसमा फोकस गर्ने गर्छन जुन

आफ्नो स्थानमा उपलब्ध हुने गर्छ, जुन अरु ब्यापारिहरुले पनि प्रयोग गरिरहेका छन।
तर, स्मार्ट बिजनेसमेन बन्नको लागि त्यो कुरामा मध्यनजर गर्न जरुरी छ जुन कुरामा ग्राहक

सन्तुष्ट छैनन, जुन कन्सेप्ट अरु ठाउमा छ र आफ्नो ठाउमा छैन अनि जुन कुरा अबको समयले मागेको छ।यदि तपाईं ग्राहकको मागलाइ मध्यनजर गरेर कुनै सामान वा सेवा बेच्न कोसिस गर्नुहुन्छ भने

तपाइको बिजनेस कहिल्यै घाटामा जादैन बल्की धेरै राम्रो आमदानी गर्न सक्नुहुनेछ।

जहिलेपनी मार्केटमा आफ्नो कदम राख्नको लागि कि यस्तो कुनै नया कन्सेप्ट ल्याउनुपर्छ जो

अरुले गरेका छैनन नत्र त्यही अरुकै जस्तो बिजनेस भएपनी यस्तो तरिकाले गर्नुपर्ने हुन्छ जुन तरिका

अरुले प्रयोग गरेकै छैनन। तपाईं देख्न सक्नुहुन्छ हाम्रो देश जलश्रोतको दोश्रो धनी देशमा 20 रुपैया लिटर

पानी बिकेको छ। यदि मिनि वाटर कम्पनिले बोतलमा प्याक गरेर ब्रान्डिङ गरेका थिएनन भने

कसैले पनि पानी त्यसरी किन्ने थिएन। यस्ता कयौ उदाहरण छन जहाँ हेर्दा सिम्पल लाग्छ तर धेरै चलाखिले बिजनेस मोडल बनेका छन।

3. आफ्नो भुमिका

मार्केट पनि त्यही हो बिक्रेता पनि तिनै हुन अब तपाइले स्मार्ट तरिकाले व्यापार गर्नको
लागि आफ्नो भुमिका काहानीर छ भन्ने राम्रोसङ्ग बुझ्नुपर्छ। तपाइले यो कुरा जति राम्रोसङ्ग
बुझ्न सक्नुहुन्छ त्यति नै सजिलै बिजनेस गर्न सक्नुहुन्छ। एक जना मा. बि. सम्म पढेको मान्छे
सोर्स फोर्स लाएर जागिर खान्छ, अरुको अन्डरमा दिन गन्दै काम गरेर महिना पुगेको दिन तलब थाप्छ।

अनि अर्को तहि अनुकुल योग्यता भएको सरकारी कार्यलयको अगाडि कापी र पेन बोकेर बस्छ अनि फार्म
भर्न नजान्ने प्रत्यक मान्छेसङ्ग पैसा लिएर फारम भरिदिन्छ। तपाईं भन्नुहोस यी दुइटा मध्य कुन खुशी होला, कस्ले धेरै कमाउला, कस्ले सजिलै कमाउछ ? सबैको उत्तर एउटै हुन्छ फारम भर्नेले धेरै कमाउछ। आखिर योग्यता त उस्तै थियो नि ? हो त्यसैगरी तपाइको सम्पर्कमा भएका व्यापारी र तपाइको सम्पर्कमा भएका ग्राहकको बिचमा बसेर तपाइको योग्यता लाई प्रयोग गरेर तपाइले सजिलै बिजनेस गर्न सक्नुहुन्छ।

मानौ तपाइ साबुन उद्योग खोल्न चाहानुहुन्छ तर तपाइसङ्ग त्यति लगानी छैन भने तपाइले

मेसिन, फ्याक्ट्री र कच्चापदार्थ बिना नै साबुन उद्योग शुरु गर्न सक्नुहुन्छ। तर यसरी स्मार्ट

तरिकाले थोरै भन्दा थोरै लगानिबाट उद्योघ शुरु गर्नको लागि तपाइले आफुलाइ योग्य बनाउन जरुरी हुन्छ।

तपाइले जति ठूलो फ्याक्ट्री बनाएपनी, जस्तोसुकै क्वालिटिको साबुन बनाएपनी तपाइको बिजनेस त्यो दिनसम्म चल्न सम्भव छैन जुन दिन सम्म तपाइले बजारमा बेच्न सक्नुहुन्न्न।

अब यहाँ तपाइले प्रष्ट बुझ्नैपर्ने तपाइको भुमिका के हो भने मार्केटिङ र बिक्री बितरण।

अब तपाइले सबैभन्दा पहिला आफ्नो मार्केटको रिसर्च गर्नुपर्ने हुन्छ, कुन साबुन धेरै बिक्ने

गर्छ, कुन साबुनको क्वालिटी बजारले खोजेको छ, कुन साबुन बेच्दा ब्यपारिहरु खुशी छन।

त्यसपछी तपाइले बजारले चाहेजस्तो साबुनको उत्पादन गर्ने जिम्मा कुनै प्रोडक्सन

कम्पनिलाइ दिन सक्नुहुन्छ। जहाँ तपाइले आफ्नो ब्राण्डको नाम सहितको प्याकेजिङमा साबुन पाउन सक्नुहुन्छ।

यसरी तपाइले अरु कम्पनी सङ्ग मिलेर आफ्नो ब्राण्ड बनाउदा एक दुई रुपैया बढी मूल्य पर्न

जान्छ आफुले उत्पादन गर्नुभन्दा तर तपाइको 20 लाख लगानी जोगाउनको लागि प्रत्यक

पिसमा 1/2 रुपैया तिर्दै हुनुहुन्छ भन्ने कुरा नबिर्सिनुहोस। यदि तपाइको साबुनले राम्रो मार्केट

बनाउन सफल भयो भने तपाइले आफ्नो इक्षा अनुसारको साबुन उद्योग खोल्दा राम्रो हुन्छ

किनकी त्यति बेला सम्म तपाइको बजारमा हजार ग्राहक बनिसकेका हुन्छन र तपाइलाइ

ग्राहकको माग पनि थाहा भैसकेको हुन्छ। यसलाइ तपाइले स्मार्ट मेनिफ्याक्चर भन्न सक्नुहुन्छ।

किनकी तपाइले आफ्नो फ्याक्ट्री बिनै उत्पादन शुरु गर्न सक्नुभयो।

यसैगरी तपाइले चाहानुभयो भने बिजनेसका जुनसुकै मोडललाइ पनि स्मार्ट तरिकाले गर्न सक्नुहुन्छ।

जस्तो कि, मेसिन बिना समान उत्पादन, स्टोक नराखी होलसेल, लगानी बिना नै बिजनेस, आफ्नो सामान नभएपनी बेचबिखान आदि।

बजारमा हजारौ ब्यापारिलाइ हेर्नुहोस ती मध्य 20% ब्यापारिको बिजनेस राम्रो

पाउनुहुनेछ किनकी तिनिहरुले स्मार्ट तरिकाले काम गरेका हुन्छन। त्यसैले यदि

तपाईं बिजनेसमा सफल बन्न चाहानुहुन्छ भने तपाइले स्मार्ट तरिकाले बिजनेस गर्न जरुरी छ।

२०७८ मंसिर २५, शनिबार प्रकाशित
error: Content is protected !!