स्मार्ट मेनिफेक्चर बिजनेस कसरी गर्ने ?

|

स्मार्ट मेनिफेक्चर बिजनेस

उद्योग खोल्ने सपना सबैमा हुन्छ तर त्यो क्षत्रको आवस्यक ज्ञान र लगानी अपुग भएको कारण लाखौ उद्योग
खोल्ने सपना भएकाहरुले आफ्नो सपनालाइ बलिदान दिइरहेका हुन्छन। यदि तपाईं पनि कुनै उद्योग खोलेर
आफ्नो ब्राण्डको सामान बेच्न चाहानुहुन्छ तर तपाइलाइ औधोगिक क्षत्रमा जानकारी छैन र लगानी पनि थोरै
छ भने यो सामाग्री बिशेश गरि तपाइकै लागि हो।

यश पृष्ठमा हामी कुरा गर्नेछौ उत्पादन सम्बन्धी ज्ञान नभएपनी एकदमै थोरै लगानिबाट पनि कसरी
आफ्नो उद्योग शुरु गर्न सकिन्छ भन्ने बारे। स्मार्ट तरिकाले तपाइले कुनैपनी बस्तुको आफ्नो ब्राण्डमा उत्पादन
गर्नको लागि तपाइसङ्ग दुइओटा कुराको जरुरी हुनेछ लगानी र कम्पनिसङ्ग सम्पर्क। यी दुइटै बिषयलाइ लिएर
यहाँ चर्चा गर्नेछौ।

स्मार्ट मेनिफेक्चर बाट के फाइदा हुन्छ?

विशेष गरि कुनै एउटा उद्योग ट्रेडसनल तरिकाले सन्चालन गर्नको लागि 4 ओटा कुराको जरुरी हुने गर्छ
र ती चारओटा कुरा हुन 👇️
1. लगानी
2. मेसिनरी
3. दक्ष जनशक्ति
4. मार्केटिङ

यी सबैकुरा मेनेजमेन्ट गर्नको लागि तपाइलाइ लगानी पनि धेरै भन्दा धेरै चाहिने र दक्ष जनसक्ती पनि भरपुर
मात्रामा आपुर्ती गर्नुपर्ने हुन्छ। तर हामी यहाँ कुरा गर्ने छौ स्मार्ट मेनिफ्याक्चरको बारेमा, त्यसैले यी झन्झट र
ठूलो लगानिको चेपमा पर्ने कुरा यहाँ भनिराख्न जरुरी छैन।

बिजनेस चाहे सेवा प्रदान गर्ने होस या बस्तु बिक्रीवितरण गर्ने होस सबैको मक्सद एउटै हुन्छ
आफ्नो बस्तु वा सेवा राम्रोसङ्ग बेचेर राम्रो मुनाफा कमाउने। यदि तपाईं पनि बिजनेस गर्ने सपना देख्दै हुनुहुन्छ
भने तपाइको पनि गन्तब्य यहि बिन्दुमा रहेको हुनुपर्छ। यदि तपाइले स्मार्ट तरिकाले सोचेर आफ्नो ब्राण्डको
सामान उत्पादन गर्न कुनै अर्को कम्पनिलाइ सम्पर्क गर्नुभयो भने थोरै लगानिबाट सबै झन्झट हटाउन सम्भव छ।

स्मार्ट मेनिफेक्चर कसरी शुरु गर्ने ?

मानौ यदि तपाईं कपडा उत्पादन गर्ने ट्रेडिसनल तरिकाले कम्पनी खोल्न चाहानुहुन्छ भने तपाइको लागि ठूलो
लगानी चाहियो, ठूलो क्षत्रफल भएको जग्गा चाहियो, त्यसको लागि चाहिने सबै प्रकारका मेसिनरी र कच्चापदार्थ
आदिजस्ता सबै कुरा चाइयो तर यदि तपाईंले स्मार्ट तरिकाले कपडा उद्योग खोल्नुभयो भने तपाइसङ्ग यी कुनै
चिजको पनि जरुरी हुदैन। विशेष गरि प्राय ठुला कम्पनिहरुले 50% भन्दा धेरै सामान स्मार्ट मेनिफ्याक्चर बाट
नै उत्पादन गर्ने गर्छन।

अब कुरा गरौ स्मार्ट मेनिफ्याक्चर गरेर कपडाको बिजनेस गर्नुपर्यो भने तपाइले के के गर्नुपर्ला त ?
तपाइले सबैभन्दा पहिला त्यो कम्पनी खोज्नुपर्ने हुन्छ जसले तपाइले उत्पादन गर्न चाहेको जस्तो बस्तु उत्पादन
गरिरहेको हुन्छ। त्यसपछी त्यो कम्पनिलाइ तपाइले आफ्नो requirement दिनुपर्ने हुन्छ कि मलाइ यस्तो
डिजाइनको यति सम्म मूल्य पर्ने यति quantity मा मेरै ब्रान्डको नाम लेखेर कपडा उत्पादन गरिदिनुस।
त्यसपछी तपाइले भनेको जस्तो सामान उसले उत्पादन गरिदिनेछ।

अब तपाइलाइ लाग्न सक्छ कि उसले उत्पादन गरेको सामान किन्दा आफुले उत्पादन गरेको भन्दा
अलि महङ्गो पर्न जान्छ होला। हो, तपाईं आफैले उत्पादन गरेको भन्दा दुई चार पैसा महङ्गो पर्न त जान्छ
नै तर तपाइले बुझ्नैपर्ने कुरा के हो भने कुनैपनी सामान उत्पादन गर्दा अधिकतम खुद्रा मूल्य (MRP) भन्दा
70% कम मुल्यमा उत्पादन हुने गर्छ। यसको मत्लब यदि तपाइले बजारमा कुनै सामान रु.100 मा खरिद
गर्नुहुन्छ भने त्यसको लागत मोटामोटी रु. 30 परेको हुन्छ।

हुन त आआफ्नो कम्पनिको सिस्टम अनुसार कसैले यो भन्दा बढी पनि राख्ने गर्छन भने कसै कसैले यो भन्दा
अलि कम मार्जिन राखेर पनि काम गरेका हुन्छन। यसको मत्लब तपाइले जुन सामान आफ्नो ब्राण्डमा बनाउने
requirement दिनुहुन्छ त्यसमा तपाइलाइ बजारको मुल्य अनुसार तुलना गर्दा 70% मार्जिन बस्छ भने तपाइले
आँखा चिम्लेर त्यहा लगानी गर्न सक्नुहुनेछ।

तपाइले बुझ्नैपर्ने कुरा भनेको यहि नै हो कि तपाइले आफुले उत्पादन गर्न लागेको सामान लुजमा किनेर
आफ्नो ब्रान्डिङ गरेर बजारमा बेच्नु नै स्मार्ट मेनिफ्याक्चर हो। यसमा तपाइले बिजनेस शुरुवात गर्दा मोटो रकम
नफस्ने भएकोले तपाइले सजिलै काम गर्न सक्नुहुन्छ। यहि तरिकाले तपाइले सबै प्रकारका सामानहरु उत्पादन गरेर
आफ्नो बिजनेस शुरु गर्न सक्नुहुनेछ।
जस्तो कि, यदि तपाईं कस्मेटिक क्रीम, तेल, फेसवास लगायत सामनहरु उत्पादन गर्न चाहानुहुन्छ भनेपनी
यदि तरिकाले सजिलै उत्पादन गर्न सक्नुहुनेछ। जसको लागि तपाइले लुजमा किलोको हिसाबले किनेर आफैले आफ्नो
ब्रान्डमा पनि प्याकिङ गरेर पनि बेच्न सक्नुहुन्छ अन्यथा उत्पादक कम्पनिलाइ आफ्नो ब्राण्डमा उत्पादन गर्ने अर्डर दिएर
पनि काम गराउन सक्नुहुन्छ। यसरी काम गर्नको लागि तपाइले B2B कम्पनिसङ्ग सम्पर्क राखेर सजिलै गर्न सक्नुहुन्छ।

श्रोत : smart tarika

२०७८ मंसिर २५, शनिबार प्रकाशित
error: Content is protected !!