स्मार्ट होलसेल बिजनेस के हो र कसरी गर्ने ?

|

स्मार्ट होलसेल बिजनेस

यदि तपाईं होलसेल बिजनेस शुरु गर्ने सोच बनाउदै हुनुहुन्छ र कसरी अरु भन्दा राम्रो सङ्ग होलसेल बिजनेस गर्न
सकिन्छ भन्ने चासो छ भने यो सामाग्री तपाइको लागि हो। यदि तपाईं पहिल्यैदेखी होलसेल बिजनेस चलाउदै आउनुभएको
छ भने त झन तपाइले बुझ्नैपर्ने कुरा यश सामाग्रीमा समाबेश गरिएको छ।

होलसेल बिजनेसको मुख्य समस्या के हो ?

होलसेलको बिजनेस प्राय सबैले गर्न चाहान्छन किनकी हरेक रिटेलरको बिजनेसको जग होलसेल नै हो। तर होलसेल
बिजनेस गरेर पनि धेरै ब्यापारिहरु आफ्नो बिजनेसमा खुशी छैनन। किनकि, सबै कम्पनिहरु स्टार्टिङ्ममा होलसेलको
लागि राम्रो मार्जिन र स्किम बोकेर आएका हुन्छन अनि जब मार्केट बढ्दै जान्छ, जब तपाइको ग्राहक भएको
ठाउमा सबैतिर त्यो सामान पुगिसक्छ त्यसपछी बिस्तारै सबै कम्पनिले आफ्नो मार्जिन घटाउदै जान्छन।

यसो गर्नाले होलसेल गर्नेको मेहनत त्यत्तिकै खेर जाने हुन्छ र उनिहरु डिमोटिभेट हुन पुग्छन। यदि तपाईं होलसेल
गर्न चाहानुहुन्छ भने ट्रेडिसनल होलसेल व्यापारी भन्दा फरक तरिकाले काम गर्नुपर्ने हुन्छ ता कि तपाइको बिजनेसमा
त्यस्ता समस्या नआउन जस्तो अरुको बिजनेसमा आइरहेका हुन्छन।

होलसेल बिजनेस कसरी शुरु गर्ने ?

होलसेल बिजनेस शुरु गर्नको लागि तपाइले सबैभन्दा पहिलाआफ्नो कम्पनी दर्ता गर्नुपर्ने हुन्छ। तपाइको होलसेल
पसल दर्ता गर्नको लागि तपाइले सबैभन्दा पहिला आफ्नो स्थानिय वडा कार्यलमा गएर दर्ता गर्नुपर्ने हुन्छ।
वडा कार्यलयमा तपाइको नागरिकताको फोटोकपी, होलसेल पसलको नाम, कामको बिबरण, पसल राख्ने ठाउको
जग्गा तथा घरको करचुक्ता आदि जस्ता सबै डकुमेन्ट लगेर दर्ता गर्नुपर्ने हुन्छ। यसरी वडा कार्यलयामा दर्ता
गरेपछी त्यहा बाट पाएको डकुमेन्ट लगेर उद्योग बाणिज्य संघ मा दर्ता गराउनुपर्ने हुन्छ। त्यसपछी तपाइको
स्थानिय आन्तरिक राजस्व कार्यलमा गएर पान नम्बर लिएपछी सम्पुर्ण दर्ता प्रक्रीया सकिन्छ।

स्मार्ट होलसेल कसरी गर्ने ?

परम्परागत होलसेल गर्नेहरुले खुद्रा बिक्रेता धेरै भएको ठाउमा लगेर आफ्नो पसल वा गोदाम खोल्ने गरेका हुन्छन।
जहाँ सम्बन्धीत खुद्रा बिक्रेताहरुले आएर आफ्नो पसलको लागि आवस्यक पर्ने सम्पुर्ण सामान थोकमा खरिद गर्ने
गर्छन। उनिहरुको होलसेल बिजनेस प्राय कुनै न कुनै ब्रान्डेड कम्पनिको समानको माध्यमबाट चल्ने गर्छ।
अब यदि तपाईं स्मार्ट तरिका ले होलसेल चलाउन चाहानुहुन्छ भने तपाइले यी 3 ओटा कुरा ख्याल गर्नुपर्ने हुन्छ।

1. Demand

तपाइले होलसेल बिजनेस गर्दै आउनुभएको छ भने तपाइलाइ मार्केटको डिमान्डको बारेमा राम्रोसङ्ग थाहा छ,
यदि अब होलसेल गर्ने सोच बनाउदै हुनुहुन्छ भने तपाइले केही समय राम्रोसङ्ग अनुभव गर्नुपर्ने हुन्छ। हामिले
जस्तो सुकै सामान उत्पादन वा सप्लाइ गरेपनी बजारको माग सङ्ग अनुकुल मिलेन भने हाम्रो बिजनेस अगाडि
बढ्न सक्दैन। यदि तपाइले अरुको भन्दा फरक प्रकारको सामान बेच्ने कोसिस गर्नुभएको छ भने तपाइले
राम्रोसङ्ग मार्केटिङ गरेर तपाइको सामान तपाईं आफैले ग्राहकलाइ प्रयोग गर्न सिकाउनुपर्ने हुन्छ।

यदि तपाईं बजारका राम्रो माग भएका सामानहरु बेच्ने सोच बनाउदै हुनुहुन्छ अथवा बेच्दै हुनुहुन्छ भने त्यसमा
मार्जिन त कम हुन्छ नै तर तपाइले मार्केटिङको लागि त्यति धेरै दुख गर्नुपर्दैन। केही समय तपाइले बजारमा
चलेका धेरै प्रकारका सामान बेचिसकेपछी तपाइलाइ आइडिया आउने छ कि कस्तो प्रकारको सामान बजारमा
धेरै माग भैरहेको छ, कुन सामान बेच्दा धेरै फाइदा हुन्छ र कुन सामान त्यति सजिलै बिक्दैन आदि। यसरी
मार्केटको बारेमा अनुभव गर्नको लागि तपाइलाइ सबैभन्दा सजिलो त्यतिबेला हुनेछ, जब तपाइले already
बजारमा बिक्रीवितरण भैरहेका सामानहरु बेचेर होलसेल गर्नुहुन्छ।

त्यसैले यसरी मार्केट रिसर्च गर्नको लागि तपाईं कुनै चलिसकेको कम्पनिको होलसेल गरेर काम शुरु गर्न सक्नुहुन्छ।
यसमा तत्कालको लागि धेरै फाइदा नभएपनी केही समय पछि यो कामले तपाइलाइ धेरै फाइदा दिनेछ।

2. Chain

कुनैपनी बिजनेस एक्लैले गरेर ठूलो हुन सक्दैन। बिजनेस बढाउनको लागी, राम्रो फाइदा लिनको लागि तपाइलाइ
नेटवर्क को जरुरी हुन्छ। यदि तपाइले लामो समयदेखी होलसेल गर्दै आउनुभएको छ भने तपाइको साथमा 100
देखि 1000 ओटा सम्म ग्राहक अवस्य पनि छन जसले तपाइले प्रस्ताब राख्ने बित्तिकै तपाइले दिएको सामान
बेचिदिन्छन।

यदि तपाईं होलसेल बिजनेसमा नयाँ हुनुहुन्छ भने पनि 2/4 महिना मेहनत गरेर बजारीकरण गर्नुभयो भने कम्तिमा
500 ओटा खुद्रा बिक्रेतासङ्ग राम्रो सम्बन्ध बनाउन सक्नुहुन्छ। एउटा कुरा ध्यान दिनुहोस, तपाइको नेटवर्क मजबुत
बनाउनको लागि तपाइले खुद्रा बिक्रेताको अलावा अन्य कम्पनिमा मार्केटिङ गरेका कर्मराचारी, होलसेल र डिलर
जस्ता सबैसङ्ग एउटा नेटवर्क बनाउनुपर्ने हुन्छ।
यसरी तपाइको एउटा छुट्टै नेटवर्क बनाएर ती सबैलाइ तपाइले अब सामान बेच्ने तरिका अपनाउनुपर्ने हुन्छ।
त्यसपछी अब तेश्रो नम्बरमा शुरु हुन्छ तपाइको मुख्य काम।

3. Branding

तपाइको बिजनेसमा अरुभन्दा फरक र नाफामुलक मसला भनेको एउटै चिज हुनेछ र त्यही एक चिजको माध्यमले तपाईं
आफ्नो क्षत्र बाट शहर, शहरबाट जिल्ला हुँदै देशैभरी पुग्न सक्नुहुनेछ, त्यो शक्तिशाली चाबीको नाम हो ब्रान्डिङ।
तपाइले सबैभन्दा पहिला माथी भनेजस्तै बजारको मागलाइ बुझ्नुभएको छ त्यसपछी सामान बेच्ने बिक्रेताहरुको चेन
बनाइसक्नुभएको छ भने अब तपाइले बजारमा बेचिरहेका आइटमहरुमध्य कुनै एक दुई ओटा सामान आफ्नो नाममा
ब्रान्डिङ गर्नुहोस। ब्रान्डिङ गर्नको लागि न तपाइले फ्याक्ट्री खोल्नुपर्छ न त ठूलो लगानी नै गर्नुपर्छ।

तपाइले आफ्नो ब्रान्डका सामान उत्पादन गर्नको लागि त्यस्ता कम्पनिको खोजी गर्नुपर्ने हुन्छ जस्ले उत्पादन
गरेर तपाइको ब्रान्डमा सामान तयार गरिदिन्छन। साधरणतया यस्ता कम्पनिलाइ B2B कम्पनिको नामले चिनिन्छ।
यस्ता B2B कम्पनिसङ्ग सम्पर्क गरेर आफुले बनाउन चाहेको सामानको बारेमा कुरा गर्नुभयो भने
उनिहरुले सजिलै तपाइको काम गरिदिनेछन।

तपाइलाइ यो सामाग्री कस्तो लाग्यो ? तपाइको मनमा लागेका कुरा कमेन्टमा लेख्न नभुल्नुहोला।

२०७८ मंसिर २५, शनिबार प्रकाशित
error: Content is protected !!