झापा–५ मा ‘Vote for Change’ वाकाथन आयोजना हुँदै, युवालाई सहभागिताको आह्वान

|

झापा, दमक — झापा क्षेत्र नं. ५ का युवाहरुलाई लक्षित गर्दै “Vote for Change” भन्ने सन्देशसहित वाकाथन (पैदल यात्रा) कार्यक्रम आयोजना हुने भएको छ। युवाशक्तिलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय बनाउने र परिवर्तनको पक्षमा सचेत आवाज उठाउने उद्देश्यसहित कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

फाल्गुन १८ गते सोमबार दिउँसो २:०० बजे, दमकस्थित गोरखा डिपार्टमेन्टबाट वाकाथन सुरु हुने जनाइएको छ। कार्यक्रममा झापा–५ का विभिन्न स्थानबाट युवा तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार वाकाथनमार्फत युवाहरूलाई मतदानको महत्व, जिम्मेवार नागरिकको भूमिका र समृद्ध समाज निर्माणमा सहभागिताको सन्देश प्रवाह गरिनेछ। “युवाशक्ति नै देशको भविष्य हो, त्यसैले अब परिवर्तनका लागि युवाहरू एकजुट हुन आवश्यक छ,” आयोजकको भनाइ छ।

कार्यक्रममा सहभागी भई परिवर्तनको अभियानमा साथ दिन सबै युवाहरुलाई आग्रह गरिएको छ।
थप जानकारीका लागि सम्पर्क: 9851071243
9851203987
9815955866

२०८२ फाल्गुन १८, सोमबार प्रकाशित
error: Content is protected !!