झापा — गएको भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा दमक नगरपालिकाभित्र रहेका सवारीसाधनहरू नष्ट भएपछि अन्तर्राष्ट्रिय संस्था LWF (लुथरन विश्व महासंघ) ले दमक नगरपालिकालाई एक थान सवारी साधन सहयोग स्वरूप उपलब्ध गराएको छ।
दमक नगरपालिका मेयर राम थापाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी सार्वजनिक गर्दै कठिन परिस्थितिमा नगरपालिकालाई सहयोग गरेकोमा LWF प्रति आभार व्यक्त गरेका छन्। आन्दोलनका क्रममा नगरपालिकाका विभिन्न सवारीसाधन क्षति भएपछि सेवा प्रवाहमा समस्या सिर्जना भएको थियो।
मेयर थापाले यस्तो दुःखद घडीमा सहयोग पुर्याएकोमा LWF (लुथरन विश्व महासंघ) प्रति नगरपालिका तथा सम्पूर्ण नगरवासीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
उक्त सवारी साधन उपलब्ध भएपछि नगरपालिकाको दैनिक प्रशासनिक तथा सेवामूलक कामलाई सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।


|





