आयात निर्यात (Export Import) बिजनेस कसरी गर्न सकिन्छ ?

|

💡आयात निर्यात बिजनेस के हो ?

आफ्नो देश भन्दा बाहेक बिदेशी मुलुकसङ्ग कारोबार गरिन्छ भने त्यसलाइ आयात निर्यात (Export & Import)
ब्यावसाय भन्ने गरिन्छ। यो एउटा सप्लायर्स बिजनेस अन्तर्गत पर्ने गर्छ। आफ्नो देशबाट बिदेशी मुलुकका
ब्यावसायिलाइ सामान बेच्नु र बिदेशी मुलुकका ब्यावसायी सङ्ग सामान खरिद गरेर आफ्नो मुलुक सम्म ल्याउनु
यहि बिजनेस मोडल हो।

Export & Import को बिजनेसलाइ supply chain को उत्कृष्ट बिजनेस भनेर पनि भन्ने गरिन्छ। अरु ब्यावसायको
तुलनामा यो ब्यावसायमा जोखिम अलि धेरै हुने गरेको पाइन्छ, यद्यपि यो बिजनेसमा जहिले पनि कम्पिटिसन कम हुने
भएकोले प्राय मुनाफामै जाने गर्छ।

यो बिजनेस गर्नको लागि साधारण सप्लाइ गर्ने बिजनेसको आधारमा अलि बढी लगानिका साथै अलि ठूलो जोखिम
मोल्नुपर्ने हुन्छ। तर यो क्षत्रमा अलि स्मार्ट तरिकाले काम गर्न सकियो भने त्यति गारो पनि हुदैन।

💡Export & Import गर्ने प्रक्रिया के हुन्छ ?

यो बिजनेस शुरुवात गर्नको लागि नेपाल सरकारम्को नियम अनुसार उद्योग बाणिज्यबाट आफ्नो कम्पनी दर्ता
गराउनुपर्ने हुन्छ। यसरी आयात निर्यात गर्ने कम्पनी VAT मा दर्ता गराउनुपर्ने हुन्छ।

कम्पनी दर्ता गराउदै तपाइले गर्ने ब्यावसायको प्रकार र कारोबार गर्ने मुलुकहरु स्पस्ट खुलाउनुपर्ने हुन्छ। यदि तपाइले
चाहानुभयो भने समुन्द्र वारिपारिका सबै मुलुक बाट ल्याउने भनेर एकमुष्ट सबै ठाउँ समाबेस गराउन पनि सक्नुहुनेछ।

यसरी अनुमती लिइसकेपछी तपाइले कम्पनिको Exim code बनाउनुपर्ने हुन्छ। Exim Code लाई तपाईं आयात
निर्यात गर्ने लाइसेन्स भनेर बुझ्नुहोस। यो तपाइले नेपाल रास्ट्र बैंक बाट क बर्गको इजाजत प्राप्त गरेको जुनसुकै
बैंक बाट पनि लिन सक्नुहुनेछ।

Exim code कसरी बनाउने भन्ने बुझ्नको लागि यहाँ तल भिडियोमा क्लिक गरेर हेर्न पनि सक्नुहुनेछ।👇️

💡Export & Import बिजनेसको सम्भावना

तपाइलाइ सुन्दा अलि अचम्म लाग्न सक्छ तर बास्तबमै हरेक देशले कुनै न कुनै सामान आफ्नो मुलुकबाट आयात
गरेकै हुन्छ। यसका साथै आफ्नो मुलुकका उत्पादनहरु पनि अन्तरास्ट्रिय बजारमा पुर्याउनको लागि निर्यात पनि गरिएकै
हुन्छ।

नेपाल जस्तो बिकासोन्मुख मुलुकमा त प्राय सबै सामान बिदेशी मुलुकबाट नै आयात गरिन्छ। चाहे कच्चापदार्थ को
रुपमा होस या फाइनल गुड्सको रुपमा, कुनै न कुनै तरिकाबाट जुनसुकै सामान पनि आयात गरिने भएकोले नेपालमा
आयात निर्यातको बिजनेसमा राम्रो सम्भावना देखिन्छ।

तपाइले ध्यान दिनुपर्ने कुरा के हो भने कुन सामान कुन मुलुकमा भनेजस्तै पाइन्छ र कहाबाट ल्याउदा नेपाली बजारमा
उचित मुल्यमा बेच्न सकिन्छ। यसरी सामान ल्याउनको लागी लत्ताकपडा, मेसिनरि र केमिकलको लागि चीन उत्कृष्ट
मानिन्छ भने बाकी सामानहरु प्राय भारतबाट आयात गरिने गरिन्छ।

तपाइले ल्याउने सामान कहाँ सस्तो र सजिलै पाइन्छ भनेर खोज्नको लागि गुगलमा सर्च गरेर सजिलै खोज्न सक्नुहुनेछ।
त्यसपछी उचित लागेको खण्डमा कारोबार अगाडि बढाउन सक्नुहुनेछ।

💡Export & Import मा के जोखिम हुन्छ ?

तपाइले बिदेशी कम्पनी सङ्ग काम गर्दा एउटा बिस्वासको आधारमा काम गर्नुपर्ने हुन्छ। हुन त 95% कम्पनिहरु बिस्वास
दिलाएर राम्रोसङ्ग कारोबार गर्ने हुन्छन। कारोबार शुरु गर्ने बित्तिकै तपाइलाइ LC मा सामान उपलब्ध हुने सम्भावना एकदमै
कम हुन्छ, जसकारण तपाइले कुनैपनी सामान अर्डर गर्दा पुरै पैसा पठाएर मगाउनुपर्ने हुन्छ।

यसरी तपाइले बोलिको बिस्वासमा कम्पनिलाइ पैसा पठाएर कम्पनिले सामान पठाउदा कहिलेकाहि अर्डर गरेको भन्दा फरक
र कम गुणस्तरको सामान आउने सम्भावना हुन्छ। त्यसैले कारोबारको शुरुवातमा ठूलो अर्डर पहिल्यै नगर्नु नै उचित हुनेछ।

श्रोत:- smart tarika
यस्तै बिजनेस, आम्दानी र मोटिभेसनल सामाग्रीहरु हेर्नको लागि हाम्रो अफिसियल युट्युब च्यानल स्मार्ट तरिकामा जोडिन

सक्नुहुनेछ।

२०७८ मंसिर २६, आईतवार प्रकाशित
error: Content is protected !!