कुन कुन नेटवर्क मार्केटिङ कम्पनिहरु दर्ता भएका छन ?

|

कुन कुन नेटवर्क मार्केटिङ कम्पनिहरु दर्ता भएका छन ?

नेटवर्क मार्केटिङ कम्पनिहरुको लागि नेपालमा एकदमै कडा नियम छ। त्यसैले प्राय कम्पनिहरु हाम्रो देशमा
रजिस्टर हुन पनि गार्है हुन्छ। हालसम्म नेपालमा केही कम्पनिहरु नेपाल सरकारको नियमअनुसार दर्ता भएका
छन। यहाँ हामी कुरा गर्नेछौ नेपालमा कुन कुन कम्पनी रजिस्टर भएका छन र तिनिहरुले के कस्ता काम
गर्न पाउदैनन भन्ने बारे।

नेपालमा दर्ता भएका कम्पनिहरु यसप्रकार छन।
💡हेल्दी लिभिङ नेपाल प्रा.लि.
💡युटर्न इन्टरनेसनल प्रा.ली.
💡आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रा.ली.
💡नेचर हर्ब्स इन्टरनेसनल प्रा.ली.
💡न्यु बिबेक इन्टरप्राइजेज प्रा.ली.
💡केयर मार्टस इन्टरनेसनल प्रा.ली.
💡ग्लोबल ओरियन्स नेपाल प्रा.ली.

माथी दिइएका विभिन्न कम्पनिहरु नेपालमा दर्ता भैसकेका छन। तर नेपाल सरकारको नियम अनुसार नचलाएको
थाहा पाइएमा विभिन्न सर्त अनुसार जरिबाना र कम्पनी खारेज सम्म पनि गरिनेछ। यी दर्ता भएका कम्पनिहरुले
के कस्ता सर्त अनुसार चलाउने मन्जुरी लिएर दर्ता गरेका छन त ?

हुन त नेपाल सरकारले 58 ओटा बुदामा नेटवर्क मार्केटिङ कम्पनिको लागि नियमावली तयार गरेको छ। र ती
सबै प्रत्यक नेटवर्क मार्केटिङ गर्ने कम्पनिहरुले बुझ्न जरुरी छ। तर हामी यहाँ ती मुख्य सर्तहरुको बारेमा चर्चा
गर्नेछौ जुन कुराहरु सबै नेटवर्क मार्केटिङ कम्पनिमा भएका मेम्बरहरुले बुझ्न जरुरी हुन्छ।

दफा 11 (पिरामिडमा आधारित ब्यावसाय गर्न नहुने)

“यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनी पिरामिडमा आधारित ब्यावसाय सन्चालन गर्न नपाइने।”
स्पस्टिकरण -: यश दफाको प्रयोजनको लागि पिरामिडमा आधारित ब्यावसाय भन्नाले देहायको कुनै कार्यसङ्ग
सम्बन्धित भन्ने ब्यावसाय भन्ने सम्झनुपर्छ👇️
(क) बस्तु खरिद गर्नुपुर्ब कुनै किसिमको सदस्यता लिनुपर्ने अवस्था भएको सन्जालयुक्त कार्य।
(ख) एक बस्तु खरिद गर्दा अन्य बस्तु समेत एकमुस्ट प्याकेजमा खरिद गर्नुपर्ने सन्जालयुक्त कार्य।
(ग) बस्तु खरिद गर्ने ब्यक्तिले आफू मातहत अर्को प्रत्यक्ष बिक्रेता वा बितरक बनाउन नसकेको अवस्थामा आफुले
भुक्तानी गरेको रकम वा लाभ बराबरको बस्तु प्राप्त गर्न नसक्ने स्थितिको सन्जालयुक्त कार्य।

(घ) बस्तुको कारोबार नगरी केवल प्रत्यक्ष बिक्रेता वा बितरक बनाइ शुल्क मात्र लिने गरिने सन्जालयुक्त कार्य।
(ङ) कम्पनिले बस्तु बिक्री गर्ने प्रयोजनको लागि ब्यावसायिक दृस्टिले अनुचित र असम्भव देखिने आकर्षक उपहार
दिई वा कमिसनको प्रलोभन देखाइ सदस्री बनाउने वा महङ्गो बस्तु खरिद गर्न लगाउने सन्जालयुक्त कार्य।
(च) बस्तुको खुद्रा बिक्रीलाइ निरुत्साहित गर्ने ब्यापारिक कार्ययोजना भएको सन्जालयुक्त कार्य।
(छ) कुनै बस्तुलाइ अप्रत्याशित लाभ हुने वा चिकित्सा बिज्ञानबाट निको नहुने भनी प्रमाणित भएको रोग निको हुने
अलौकिक बस्तु हो भनी बिस्वासमा पारी बिक्री वा बितरण गर्ने सन्जालयुक्त कार्य।

दफा 18
“इजाजत पत्रवालाले बस्तुको प्रत्यक्ष बिक्री वा बितरण सम्बन्धी प्रचलतीत कानुन बमोजिम बिमा गराउनुपर्ने”
यसको मत्लब नेपालमा दर्ता भएका कम्पनिहरु सबैले बिमा गराएर दर्ता भैसकेका छन भन्ने बुझ्नुहोस।

दफा 12 ( इजाजतपत्र वालाले शर्त पालना गर्नुपर्ने)

“यो ऐन, यश ऐन अन्तरगत बनेको नियम तथा इजाजतपत्रमा लेखिएका सर्तका अतिरिक्तइजाजतपत्र वालाले देहाय
बमोजिम सर्त पालना गर्नुपर्ने छ।”
(क) बस्तुको प्रतक्ष बिक्री वा बितरण सम्बन्धी कार्य गर्दा असिमित दायित्व श्रीजना गर्ने खालको प्याकेज बनाइ
बस्तुको बिक्री गर्न नहुने।
(ख) निश्चित परिमाणको बस्तु खरिद गर्नु पर्ने र त्यस्तो बस्तु खरिद नगरे इजजातपत्रवालाको ब्यावसायिक बोनस
वा कमिसन प्राप्त नगर्ने खालको बन्धनकारी ब्यवस्था राख्न नहुने।
(ग) उपभोक्तालाइ आफ्नो इक्षाअनुसारको छुट्टाछुट्टै सामान खरिद गर्न दिनुपर्ने
(घ) इजाजतपत्रवालले बस्तुको कारोबार नगरी केवल प्रत्यक्ष बिक्रेता वा बितरक बनाउने कार्य गर्न नहुने।
(ङ) उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोग्य बस्तुको उत्पादन, प्रचारप्रसार र बिक्री गर्न नहुने।
(च) तोकिए बमोजिम अन्य सर्त

दफा 17 (खरिद गरेको बस्तु फिर्ता गर्न सक्ने)

(1) प्रत्यक्ष बिक्रेता वा बितरकबाट खरिद गरेको बस्तुको मूल्य, गुणस्तर र परिमाण वा उपयोगितामा चित्त नबुझेमा
उपभोक्ताले त्यस्तो बस्तु खरिद गरेको मितिले तीस दिन भित्र सम्बन्धित प्रत्यक्ष बिक्रेता वा बितरकलाइ फिर्ता गर्न सक्नेछ।

दफा 9 इजाजतपत्र रद्द गर्न सकिने( कम्पनिको दर्ता खारेज)
(1) बिभागले देहायको कुनै अवस्थामा यस ऐन बमोजिम प्रदान गरिएको इजाजतपत्र रद्द गर्न सक्नेछ।
(क) झुटा कागजात र बिबरण पेस गरि इजाजतपत्र प्राप्त गरेको देखिएमा
(ख) दफा 7 बमोजिम बिभागले दिएको आदेश बमोजिम तोकिएको अवधिभित्र चुक्ता पुजि बृद्दी नगरेमा वा थप धरौटी
दाखिला नगरेमा
(ग) दफा 11 बिपरित हुने गरि ब्यावसाय सन्चालन गरेमा
(घ) दफा 14 बमोजिम सम्झौता नगरी ब्यावसाय सन्चालन गरेमा
(ङ) दफा 23 बमोजिम उपभोक्तालाइ दिनुपर्ने क्षतिपुर्ती तोकिएको अवधिभित्र नदिएमा
(च) दफा 24 बमोजिम तोकिएको जरिबाना 3 महिनाभित्र नतिरेमा
(छ) दुई बर्सको अवधिभित्र तेस्रो पटक दफा 24 बमोजिम जरिबाना हुने कार्य गरेमा
(ज) यो ऐन वा यस ऐन अन्तरगत बनेको नियम बिपरित अन्य कुनै कार्य गरेमा

तपाईं यदि सबै नियम र सर्तको बारेमा बुझ्न चाहानुहुन्छ भने कमेन्ट गर्नुहोस।

श्रोत:- नेपाल कानुन आयोग (वेबसाइट)

२०७८ मंसिर २६, आईतवार प्रकाशित
error: Content is protected !!