घरेलु उद्योग भनेको के हो ?

|

घरेलु उद्योग भनेको के हो ?

साधारण मेसिनको माध्यमले आफ्नै घरबाट पनि शुरु गर्न सकिने उत्पादनमुलक ब्यावसायलाइ घरेलु उद्योग भन्ने
गरिन्छ। यस्ता उद्योगहरु वातावरण प्रदुषण नगर्ने र चर्को आवाज निकालेर छरछिमेकिलाइ डिस्टर्ब नगर्ने किसिमका
हुने गर्छन। यस्ता प्रकारका उद्योगहरु खोल्नको लागि आफू बस्ने घर वा कोठाबाटै दर्ता गरेर चलाउन सकिन्छ।

💡कानुनी प्रावधान

घरेलु उद्योग खोल्नको लागि सबैभन्दा पहिला नेपाल सरकारको साना तथा घरेलु उद्योग बिभागमा दर्ता गराउनुपर्ने हुन्छ।
जहाँ तपाइको उद्योगको किसिम र लगानिको आधारमा शुल्क लिने गरिन्छ। सम्पुर्ण गरेलु उद्योगहरु यहिबाट दर्ता गरिन्छ।

घरेलु उद्योग कसरी दर्ता गर्ने भन्ने बारे सम्पुर्ण कुरा बुझ्नको लागि यो भिडियो हेर्नुहोस्👇️

💡घरेलु उद्योग किन जरुरी छ ?

यदि तपाईं सानै लगानिबाट आफ्नै घरबाट कुनै बिजनेस गर्न चाहानुहुन्छ भने तपाइको लागि घरेलु उद्योग राम्रो बिकल्प
बन्न सक्छ। यश अन्तरगत कयौ उत्पादनमुलक ब्यावसायहरु पर्न जान्छन जुन काम महिला तथा गृहिणीहरुले सजिलै गर्न
सकिन्छ। बास्तबमा भन्ने हो भने यदि तपाईं मार्केटको माग बुझेर कुनै राम्रो उत्पादन गर्ने ब्यावसाय शुरु गर्नुहुन्छ र बेच्न
सक्नुहुन्छ भने तपाईं स्वरोजगार बन्नुका साथै राम्रो आम्दानी पनि गर्न सक्नुहुनेछ।

💡श्रोत र साधन

विभिन्न किसिमका घरेलु उद्योगहरु सन्चालन गर्नको लागि मेसिनरी तथा कच्चापदार्थ नेपालमै सजिलै पाउन सकिन्छ।
सबैभन्दा पहिला तपाइको उद्योग चलाउनको लागि चाहिने मुख्य श्रोतको बारेमा राम्रोसङ्ग बुझ्नुपर्ने हुन्छ। जस्तो कि,
यदि तपाईं साबुन उद्योग खोल्न चाहानुहुन्छ तर तपाइले उद्योग खोल्न लागेको ठाउमा यातायात र बिजुली छैन भने
तपाइलाइ समस्या हुनेछ।

बरु त्यस्तो ठाउमा तपाइले साबुन उद्योगको अलावा बिजुली बिना गर्न सकिने र अत्यधिक कम मात्रामा कच्चापदार्थ
प्रयोग हुने उद्योग खोल्नुभयो भने तपाइको लागि नफामुलक हुनेछ।

💡घरेलु उद्योग कसरी शुरु गर्ने ?

घरेलु उद्योग मात्रै नभएर तपाइले कुनैपनी बिजनेस शुरु गर्नको लागि सबैभन्दा पहिला तपाइको त्यो काममा रुचि र
लगाव हुन जरुरी हुन्छ। यदि तपाइभित्र पनि काम गर्ने जोश र सड्ढल्प छ भने तपाइले सजिलै शुरु गर्न सक्नुहुनेछ।

घरेलु उद्योगमा धेरै किसिमका कामहरु गर्न सकिन्छ जस्तो कि सिपमुलक उत्पादन, दैनिक उपभोग्य उबस्तुको उत्पादन,
प्याकेजिङ आदि। तपाइको बजारमा राम्रो माग भएको र तपाइको श्रोत साधनको पहुच भित्र पर्ने जुनसुकै उद्योग
पनि शुरु गर्न सक्नुहुनेछ।

श्रोत-: smart tarika

२०७८ मंसिर २६, आईतवार प्रकाशित
error: Content is protected !!